मुख्य समाचार
वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको पक्की व्यावसायिक भवन भत्काइएको छ
वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको पक्की व्यावसायिक भवन भत्काइएको छ

: धादिङमा वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको पक्की व्यावसायिक भवन भत्काइएको छ। डिभिजन वन कार्यालय धादिङले पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-३ मा सार्वजनिक वन क्षेत्र मिचेर बनाइएको भवन डोजर प्रयोग गरी हटाएको हो।

डिभिजन वन कार्यालय धादिङका प्रमुख रोशना पोखरेलका अनुसार लामो समयदेखि विवादमा रहेको उक्त संरचना सर्वोच्च अदालतले २०७९ सालमै हटाउन आदेश दिएको थियो। अदालतको आदेशपछि सम्बन्धित पक्षलाई पटक-पटक सूचना तथा समयसीमा दिइए पनि अटेर गरिएपछि अन्ततः भवन भत्काइएको उनले बताए।

संरचना हटाउने कार्यमा जिल्ला प्रशासन कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा डिभिजन वन कार्यालयको संयुक्त टोली परिचालन गरिएको थियो।



डिभिजन वन कार्यालयका अनुसार सार्वजनिक तथा वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचनाविरुद्ध आगामी दिनमा पनि निगरानी र कारबाहीलाई निरन्तरता दिइनेछ।

सबैभन्दा धेरै सामुदायिक वन रहेको धादिङमा यस्ता थुप्रै घर निर्माण भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ठमेलबाट ९ विदेशी महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले टोलीले विभिन्न तीन देशका ९ विदेशी महिलालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरू भियतनाम, बंगलादेश र युगाण्डाका महिलाहरू छन् । उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाटो छेक्ने, अश्लिल हर्कत गर्ने, यौन क्रियाकलापका लागि मोलमलाई ...
। रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन जेठ १८ गते गर्ने भएको छ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो । असार ७ देखि ९ गतेसम्म हुने केन्द्रीय महाधिवशेनको मिति तोकेको रास्वपाले वडा र पालिका अधिवशेनको प्रक्रिया सुरु गरिसकेको छ । काठमाडौं महानगरका ३२ वडामध्ये ३१ वटा वडाको अधिवेशन सकिएको छ । महानगरका रास्वपा ...
। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ । प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट ...
। एसएलआर राइफलको गोलीसहित चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ घर भएका ४० वर्षीय विजय तामाङ, महोत्तरीको बर्दिबास नगरपालिका–९ घर भएका २५ वर्षीय सागर श्रेष्ठ र काठमाडौं जडिबुटीका २३ वर्षीय किसान खड्गी छन् । उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो । ५ जेठको राति करिब ३ बजेतिर ...
। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटका लागि सुझाव लिए । सो क्रममा पूर्वअर्थमन्त्रीहरूले पूर्वतयारी विनाका खुद्रे आयोजनामा बजेट नराख्न सुझाव दिएका छन् । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन ...