मुख्य समाचार
सरकारले संविधान संशोधनको छलफल थालेपछि नेकपा एमालेले पनि कार्यदल गठन गर्ने
सरकारले संविधान संशोधनको छलफल थालेपछि नेकपा एमालेले पनि कार्यदल गठन गर्ने

। सरकारले संविधान संशोधनको छलफल थालेपछि नेकपा एमालेले पनि कार्यदल गठन गर्ने भएको छ ।

सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठनको प्रस्ताव गरिएको छ । ‘विभिन्न पार्टीहरुले आ–आफ्नै ढंगले आन्तरिक कार्यदल निर्माण गरेको सूचना प्रेषित भएका छन् । सरकार तहमा पनि संविधान संशोधनका लागि परामर्श र छलफल शुरु गरिएको छ,’ एमालेको प्रस्तावमा भनिएको छ, ‘तसर्थ, पार्टीले पनि संविधान संशोधन सम्बन्धी कार्यदल गठन गर्नु आवश्यक छ ।’

यो कार्यदलको सदस्यमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई र पासाङ शेर्पा प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटका लागि सुझाव लिए । सो क्रममा पूर्वअर्थमन्त्रीहरूले पूर्वतयारी विनाका खुद्रे आयोजनामा बजेट नराख्न सुझाव दिएका छन् । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन ...
। सत्तारुढ रास्वपा सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन् । ‘राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारको निर्णय भन्ने सुनिन ...
। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाब संकलनका लागि राजनीतिक दलका नेताहरूसहित छलफल गरेको हो । छलफलमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेकपाका माधव सापकोटा, जनमत पार्टीका ...
। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको तयारी गरिरहेको छ । चालु आवका लागि ३१ अर्ब ९७ करोडको बजेट ल्याएको गण्डकी सरकारले आगामी आवका लागि करिब ३० अर्बको बजेट ल्याउने अनुमान गरेको छ । सबैभन्दा धेरै बजेट पाउने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले योजनाका विषयमा मंगलबार छलफल राखेको थियो । यो मन्त्रालयले ...
। नेकपा एमालेले महासचिव शंकर पोखरेलको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय कार्यालय बनाउने भएको छ । महासचिव पोखरेल संयोजक रहनेगरी भानुभक्त ढकाल, राजन भट्टराई, सूर्य पाठक, भीष्म अधिकारी र निरज आचार्य रहेको केन्द्रीय कार्यालय प्रस्ताव गरिएको छ ।