मुख्य समाचार
हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति
हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति

: हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। मंगलबार राती एक्कासी असिना–पानी सहितको बाढीले गोठ, डाँफे आधारभूत विद्यालय भवन र १५ रोपनी खेती योग्य जमिनमा क्षति पुर्‍याएको चंखेली गाउँपालिका वडा नम्बर ५ का स्थानीय छक्कबहादुर तामाङले बताए।

वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ। त्यसबाट ५३ वटा भेँडा बाख्रामा क्षति पुगेको छ। वडा अध्यक्ष तामाङका अनुसार विद्यालयका ३ वटा भवन भत्काएको छ। स्थानीय धन्सिंह तामाङको बाख्रागोठ बगाउँदा ९३ वटा बाख्रा बगाएको छ। यसैगरी करिब ७० घरधुरीका खेतीयोग्य जमिनमा लगाएको बालीनाली सखाप पारेको छ।

वडामा ल्याएको खानेपानीको ट्ङ्की ( ८ हजार घनमिटर) र ७ मिटर खानेपानीको पाइप पनि बगाएको र कादुरी नामक संस्थाले निर्माण गरेको माइक्रोहाइड्रोको मुहान बगाएको बताइएको छ। डाँफे आधारभूत विद्यालयको ५ कोठे भवन भत्किएपछि विद्यालयको कम्युटर, प्रिन्टर, लगायतका सम्पूर्ण सामाग्री नष्ट भएको डाँफे आधारभूत विद्यालयका प्रधानाध्यापक बलि तामाङले जानकारी दिए।



सुरक्षा व्यवस्थापनको टोलीले गर्‍यो अनुगमन
घटनालगत्तै प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी नेतृत्वको टोलीले बुधबार स्थलगत अनुगमन गरेको छ। सदरमुकामबाट फिस्टेल हेलिकोप्टरमार्फत बाढी पहिरो गएको स्थान नेप्कामा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय पप्रमुख डीएसपी शंकर खड्काले बताए। उनका अनुसार आफ्नो टोली बाढी पहिरो गएको स्थलमा गइ अनुगमन गर्दा नागरिकको थुप्रै क्षति भएको र खेतीयोग्य जमिनमा लगाएको बाली बगाउँदा खानलाई समस्या हुने देखिएको बताए।

यता प्रहरी मुचुल्काको लागि गएको टोली ६ घण्टापछि पुगेको छ। हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चंखेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँमध्ये गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ करिब ५ घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको छ।

पीडितलाई राहत व्यवस्था गर्न सांसदहरूको माग
हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जयपति रोकायाले नेप्का गाउँका बाढी पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे।

सांसद रोकायाले प्रतिनिधि सभाको बैठकमा हुम्लाको नेप्का गाउँमा आकस्मात भीषण असिना पानीसहित आएको बाढीले पुर्‍याएकाले तत्काल राहतको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरे।

यस्तै नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।

‘भीषण पहिरोका कारण विद्यालय र गाउँबस्तीमा ठूलो क्षति पुगेको छ, सरकारले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो राहतको प्रबन्ध मिलाउनुपर्छ,’ उनले भनिन्, ‘सदनमा पुराना दलहरूले केही गरेनन् भन्दै ‘सदन गनायो’ जस्ता अमानवीय र अशिष्ट शब्दहरू प्रयोग भइरहेका छन्। यस्ता शब्दहरू तत्काल संसदको रेकर्डबाट हटाइनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सभापति रवि लामिछानेको बिकल्प नखोजेको बताएका छन् । बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अरू कसैले सम्हाल्नु पर्छ भनेर आवाज नउठाएको र पार्टीले पनि रवि लामिछानेको विकल्प नखोजेको बताएका हुन् । कुनै पनि पार्टीभित्र गुट–उपगुटका चर्चा चल्ने ...
: धादिङमा वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको पक्की व्यावसायिक भवन भत्काइएको छ। डिभिजन वन कार्यालय धादिङले पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-३ मा सार्वजनिक वन क्षेत्र मिचेर बनाइएको भवन डोजर प्रयोग गरी हटाएको हो। डिभिजन वन कार्यालय धादिङका प्रमुख रोशना पोखरेलका अनुसार लामो समयदेखि विवादमा रहेको उक्त संरचना सर्वोच्च अदालतले २०७९ सालमै हटाउन आदेश दिएको थियो। अदालतको ...
। एमालेले व्यवसायी मीनबहादुर गुरूङले आफ्नो तर्फबाट अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ । ‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर ...
: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९औं बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ। परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा ...
। सरकारले संविधान संशोधनको छलफल थालेपछि नेकपा एमालेले पनि कार्यदल गठन गर्ने भएको छ । सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठनको प्रस्ताव गरिएको छ । ‘विभिन्न पार्टीहरुले आ–आफ्नै ढंगले आन्तरिक कार्यदल निर्माण गरेको सूचना प्रेषित भएका छन् । सरकार तहमा पनि संविधान संशोधनका लागि परामर्श र छलफल शुरु गरिएको छ,’ एमालेको प्रस्तावमा ...