मुख्य समाचार
प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी
प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी

। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न पनि गरे ।

प्रधानमन्त्री शाहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकिर उनको थियो ।

‘सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भिरतापूर्वक लिने विषय हो । अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ । उहाँ स्वयं आफू यो संसदको अंग हो कि होइन ? सभामुखजी मैले चाहीँ थाहा पाएको छैन है । उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको पनि अभिन्न अंग हो ? त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु,’ केसीले भने ।

विपद् व्यवस्थापनमा सरकार गम्भिर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शाह संसद्मा नआएकोमा नेता केसीले आपत्ति जनाए ।

‘यो गम्भीर विषयमा सरकारले गहिरोसँग ध्यान दिनुपर्ने । र, विगत वर्षहरु भएको बेथितिबाट मात्रै थिति बसाल्न सक्दैनौ । हरेक बेथितिबाट थिति बसाल्ने एउटा निश्चित अवधारणासहित कार्यगत योजनाबाट मात्रै हामी नयाँ कुराको निर्माण गर्नसक्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिए । सांसद सुशान्त वैदिकले निर्मण सुरु गरिएका प्युठानका सडक अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण गराए । चट्याङबाट बच्न प्रतिरोधी टावर बनाउन ...
। नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन् । २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख लगायतका जिल्लाका हजारौं नागरिक अझै पनि कष्टकर रूपमा अस्थायी छाप्रोमा बसिरहेकोतर्फ उनले सदनलाई जानकारी गराए । सांसद ...
: हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। मंगलबार राती एक्कासी असिना–पानी सहितको बाढीले गोठ, डाँफे आधारभूत विद्यालय भवन र १५ रोपनी खेती योग्य जमिनमा क्षति पुर्‍याएको चंखेली गाउँपालिका वडा नम्बर ५ का स्थानीय छक्कबहादुर तामाङले बताए। वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ। त्यसबाट ५३ वटा ...
। स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए । बरु रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको ...
। अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार विभागमा एक कार्यक्रम गर्दै टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो । १३ चैतमा सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० औं बुदाका २३ औं नम्बरमा सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङ योग्य र पारदर्शी बनाई समय र गति समेत जानकारी दिने बताइएको थियो । सोही अनुसार डिजिटल टाइम ...