: श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्री संसदप्रति जवाफदेही नहुने हो भने मार्ग प्रशस्त गर्दा हुने सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्दै सांसद राईले सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीले सदनमा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिनु पर्छ कि पर्दैन भन्दै प्रश्न गरेका छन् । सदनमा आफूहरूको गृह मन्त्रालय, रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न प्रधानमन्त्रीसँग गर्नुपर्ने बताएका छन् ।
उनले प्रधानमन्त्रीले नै गृह र रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेको बताउँदै प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनु पर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री यो संसदको सदस्य हो कि होइन, यदि उहाँले यो कर्तव्यपालन गर्न सक्नु हुन्न भने मार्ग प्रशस्त गर्दा राम्रो । उनले प्रधानमन्त्री कोही न कोहिप्रति जवाफदेही हुनुपर्ने बताए ।