। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रलाई जति गर्नुपर्नेको त्यति गर्न नसकेको स्वीकार गरेका छन् ।
साफ महिला च्याम्पियनसिप खेल्न भारत जाने नेपाली टोलीलाई बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीहरुलाई जति सम्मान गर्नुपर्ने हो, त्यति नसकेको उल्लेख गरे ।
‘हामीले जति गर्नुपर्ने हो, त्यति गर्न सकेका छैनौं खेलकुदको क्षेत्रलाई । खेलाडीहरुलाई जति सम्मान दिनुपर्ने हो । त्यति सम्मान दिन सकेका छैनौं’ उनले भने ।
खेलकुद क्षेत्रको विकासमा लगानी बढाउनेतर्फ सरकार प्रयत्नशील रहेको मन्त्री पोखरेलले जिकीर गरे । उनले भने, ‘हाम्रो जति सीमित छ, स्रोत र साधन । त्यसको पनि प्रयोग गरेर खेलकुद क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ ? खेलाडीलाई कसरी सम्मान गर्न सकिन्छ । त्यसलाई हाम्रोतर्फबाट बढाउने प्रयत्न गर्नेछौं ।’