मुख्य समाचार
कांग्रेसका सांसदले प्रधानमन्त्रीमा सदनप्रति ‘एलर्जी’ देखिएको आरोप
कांग्रेसका सांसदले प्रधानमन्त्रीमा सदनप्रति ‘एलर्जी’ देखिएको आरोप

: नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीमा सदनप्रति ‘एलर्जी’ देखिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै कांग्रेस सांसद राईले सरकार र प्रधानमन्त्रीले संसदको मर्यादा कायम गर्नुपर्नेमा प्रधानमन्त्री सदनप्रति जिम्मेवार नहुने, एलर्जी नै हुने, परम्परा भत्काउँदै हिंड्ने, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैतिर हस्तक्षेप गर्दै हिंडेको आरोप लगाए । सांसद राईले अहिले सरकार क्रमभङ्गता शब्दमा रमाएको र सत्तारुढ दलका नेताहरु रफ्फु लगाउँदै हिंडेको टिप्पणी गरे ।

कांग्रेस सचेतक समेत रहेका राईले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरे । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउदै सदनलाई मर्यादित ढंगले अघि बढाउन प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न सभामुखसँग माग गरेका हुन् ।

उनले प्रधानमन्त्री र सरकार सदनप्रति जवाफदेही नभएसम्म हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने कार्य नरोकिने भएकाले बेलैमा सभामुख र सरकारको ध्यान जानुपर्ने बताए । पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजिरहे पनि सभामुखको साथ प्राप्त नभएको उनले बताए । राईले सरकारले नै मर्यादा कायम गर्नु पर्नेमा सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेसी एलर्जी नै हुने जस्तो देखिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिए । सांसद सुशान्त वैदिकले निर्मण सुरु गरिएका प्युठानका सडक अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण गराए । चट्याङबाट बच्न प्रतिरोधी टावर बनाउन ...
। नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन् । २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख लगायतका जिल्लाका हजारौं नागरिक अझै पनि कष्टकर रूपमा अस्थायी छाप्रोमा बसिरहेकोतर्फ उनले सदनलाई जानकारी गराए । सांसद ...
: हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। मंगलबार राती एक्कासी असिना–पानी सहितको बाढीले गोठ, डाँफे आधारभूत विद्यालय भवन र १५ रोपनी खेती योग्य जमिनमा क्षति पुर्‍याएको चंखेली गाउँपालिका वडा नम्बर ५ का स्थानीय छक्कबहादुर तामाङले बताए। वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ। त्यसबाट ५३ वटा ...
। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न पनि गरे । प्रधानमन्त्री शाहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकिर उनको थियो । ‘सम्माननीय ...
। स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए । बरु रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको ...