मुख्य समाचार
नेपाल संस्कृत विश्वविद्यालयको कूल सचिवमा प्राध्यापक माधव अधिकारी नियुक्त
नेपाल संस्कृत विश्वविद्यालयको कूल सचिवमा प्राध्यापक माधव अधिकारी नियुक्त

:नेपाल संस्कृत विश्वविद्यालयको कूल सचिवमा प्राध्यापक माधव अधिकारी नियुक्त भएका छन्। उनलाई विश्वविद्यालयको ऎन अनुसार प्रशासनिक नेतृत्वको जिम्मेवारी पुनः प्रदान गरिएको हो।

नवनियुक्त कुलसचिव अधिकारीलाई विश्वविद्यालयमा पदभारग्रहण तथा स्वागत गराइएको छ । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, कर्मचारी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

अधिकारीले विश्वविद्यालयको शैक्षिक,प्रशासनिक तथा अनुसन्धान क्षेत्रको विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी यसअघि पनि यो जिम्मेवारीमा रहेका थिए ।



पुनः नियुक्तिसँगै विश्वविद्यालयको समग्र व्यवस्थापन र शैक्षिक गतिविधि अझ सुदृढ हुने अपेक्षा गरिएको छ। उनकै नेतृत्वमा अतिक्रमित विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन् । २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख लगायतका जिल्लाका हजारौं नागरिक अझै पनि कष्टकर रूपमा अस्थायी छाप्रोमा बसिरहेकोतर्फ उनले सदनलाई जानकारी गराए । सांसद ...
: हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। मंगलबार राती एक्कासी असिना–पानी सहितको बाढीले गोठ, डाँफे आधारभूत विद्यालय भवन र १५ रोपनी खेती योग्य जमिनमा क्षति पुर्‍याएको चंखेली गाउँपालिका वडा नम्बर ५ का स्थानीय छक्कबहादुर तामाङले बताए। वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ। त्यसबाट ५३ वटा ...
। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न पनि गरे । प्रधानमन्त्री शाहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकिर उनको थियो । ‘सम्माननीय ...
। स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए । बरु रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको ...
। अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार विभागमा एक कार्यक्रम गर्दै टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो । १३ चैतमा सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० औं बुदाका २३ औं नम्बरमा सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङ योग्य र पारदर्शी बनाई समय र गति समेत जानकारी दिने बताइएको थियो । सोही अनुसार डिजिटल टाइम ...