मुख्य समाचार
सांसद डा. महावीर पुनले बरु रकेट बनाउन सजिलो हुने तर बाँदर भगाउने कुरा सजिलो नभएको बताए
सांसद डा. महावीर पुनले बरु रकेट बनाउन सजिलो हुने तर बाँदर भगाउने कुरा सजिलो नभएको बताए

: प्रतिनिधिसभाका सांसद डा. महावीर पुनले बरु रकेट बनाउन सजिलो हुने तर बाँदर भगाउने कुरा सजिलो नभएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद पुनले संसदमा बाँदर आतंक नियन्त्रण गर्न अनुसन्धान नै आवश्यक रहेको बताउँदै संसदमा कराएर कुनै काम नभएको बताए ।

उनले सदनमा धेरै सांसदहरुले कराएको देखिएको बताउँदै भने, ‘बरु रकेट बनाउने प्रविधि छ, संसारभरी मैले बाँदर भगाउन खोजेकै हो । तर छँदै छैन।’ बाँदर नियन्त्रणका विषय अध्ययन गर्न दुई–चार करोड बजेट छुट्याउनु पर्ने बताए ।

उनले अहिलेको सरकारले एउटा टिम गठन गर्दै गरेको सुनेको र त्यसमा आफूलाई पनि राख्न आग्रह गर्दै सांसद पुनले बाँदर एकदमै बुद्धिमानी जनावर भएको र अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले यसको आतंक नियन्त्रण गर्ने उपाय निकाल्न नसकेको समेत बताए । उनले

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन् । २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख लगायतका जिल्लाका हजारौं नागरिक अझै पनि कष्टकर रूपमा अस्थायी छाप्रोमा बसिरहेकोतर्फ उनले सदनलाई जानकारी गराए । सांसद ...
: हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। मंगलबार राती एक्कासी असिना–पानी सहितको बाढीले गोठ, डाँफे आधारभूत विद्यालय भवन र १५ रोपनी खेती योग्य जमिनमा क्षति पुर्‍याएको चंखेली गाउँपालिका वडा नम्बर ५ का स्थानीय छक्कबहादुर तामाङले बताए। वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ। त्यसबाट ५३ वटा ...
। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न पनि गरे । प्रधानमन्त्री शाहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकिर उनको थियो । ‘सम्माननीय ...
। स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए । बरु रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको ...
। अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार विभागमा एक कार्यक्रम गर्दै टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो । १३ चैतमा सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० औं बुदाका २३ औं नम्बरमा सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङ योग्य र पारदर्शी बनाई समय र गति समेत जानकारी दिने बताइएको थियो । सोही अनुसार डिजिटल टाइम ...