: नेकपा एमालेकी सचिव पद्मा अर्यालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे अहिलेसम्म छलफल नभएको बताएकी छिन्। बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव अर्यालले सदस्यता जोड्नका लागि यस पटक निवेदन नै प्राप्त भएपछि भण्डारीलाई पार्टी सदस्यता प्रदान गरिएको भन्दै क्रियाशील कसरी गराउने र जिम्मेवारी के दिने भन्नेबारे कुनै छलफल नभएको बताएकी हुन् ।
उनले सर्वोच्च निकायमा पुगेको व्यक्तिलाई पार्टीको अभियानमा नभइ बिकासको अभियानमा जोड्नुपर्ने तत्कालीन निर्णय भए पनि भण्डारी स्वयंले पार्टीले सदस्यताका लागि निरन्तर माग गरेपछि सदस्यता प्रदान गर्ने निर्णय भएको बताइन् । त्यस्तै सचिव अर्यालले बाम एकताका बारेमा बिभिन्न ढंगले चर्चा परिचर्चा भए पनि तत्काल एकता हुने कुनै सम्भावना नरहेको बताइन् । बाम एकताका लागि छलफल स्वभाविक भएको उनको भनाइ छ ।