मुख्य समाचार
प्रतिनिधिसभाको वैठकमा विपक्षीको विरोध र नाराबाजीबीच दुई वटा विधेयक स्वीकृत
प्रतिनिधिसभाको वैठकमा विपक्षीको विरोध र नाराबाजीबीच दुई वटा विधेयक स्वीकृत

: प्रतिनिधिसभाको वैठकमा विपक्षीको विरोध र नाराबाजीबीच दुई वटा विधेयक स्वीकृत भएको छ । आजको प्रतिनिधिसभा वैठकमा विपक्षीको विरोधका वावजुद प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेलामा सभामुखले बहुमतको आधारमा विधेयक स्वीकृत भएको घोषणा गरेका हुन् । विधेयकमाथि कुनै सांसद छलफलमा सहभागी भएनन् । यो विधेयक प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमले पेस गरेकी थिइन् । तर विपक्षीले प्रधानमन्त्री आउनु पर्ने अडान राखेका थिए ।

बैठकले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ । वैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले विधेयकमा छलफलका लागि सांसदहरुलाई पाँच मिनेटको समय दिएका थिए । तर विपक्षी दलका सांसदहरुले यसलाई अस्वीकार गर्दै नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन् । २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख लगायतका जिल्लाका हजारौं नागरिक अझै पनि कष्टकर रूपमा अस्थायी छाप्रोमा बसिरहेकोतर्फ उनले सदनलाई जानकारी गराए । सांसद ...
: हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। मंगलबार राती एक्कासी असिना–पानी सहितको बाढीले गोठ, डाँफे आधारभूत विद्यालय भवन र १५ रोपनी खेती योग्य जमिनमा क्षति पुर्‍याएको चंखेली गाउँपालिका वडा नम्बर ५ का स्थानीय छक्कबहादुर तामाङले बताए। वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ। त्यसबाट ५३ वटा ...
। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न पनि गरे । प्रधानमन्त्री शाहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकिर उनको थियो । ‘सम्माननीय ...
। स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए । बरु रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको ...
। अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार विभागमा एक कार्यक्रम गर्दै टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो । १३ चैतमा सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० औं बुदाका २३ औं नम्बरमा सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङ योग्य र पारदर्शी बनाई समय र गति समेत जानकारी दिने बताइएको थियो । सोही अनुसार डिजिटल टाइम ...