मुख्य समाचार
रास्वपा महामन्त्री बुर्लाकोटीलाई प्रश्न : प्रधानमन्त्रीले संसद‍्‍लाई सम्बोधन कहिले गर्नुहुन्छ ?
रास्वपा महामन्त्री बुर्लाकोटीलाई प्रश्न : प्रधानमन्त्रीले संसद‍्‍लाई सम्बोधन कहिले गर्नुहुन्छ ?

— रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र साहले संसद् बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताएका छन् ।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन कहिले गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै महामन्त्री बुर्लाकोटीले सरकारले मन्त्रीहरूलाई कार्यविभाजन गरेर संसद्‍मा जवाफ दिने तालिका बनाइरहेको जानकारी पनि आफूले पाएको बताए ।

मन्त्रीहरूले सम्बन्धित मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनेगरी कार्यविभाजन गरिएको समेत बताए । संसद्‍मा उठेका सबै प्रश्नको जवाफ दिनेगरी सरकारले तयारी गरिरहेको उनको भनाइ छ ।

‘मूलतः सरकारमाथि उठेका प्रश्नको जवाफ संसद्‍मा सरकारले दिने हो । त्यसको आधारमा सरकारले मन्त्रीहरूलाई कार्यविभाजन गरेर संसद्‍मा जवाफ दिने तालिका बनाइराखेको छ । केही मन्त्रीहरूको आजभोलिको तालिकामा परेको भन्ने पनि मैले जानकारी पाएको छु । प्रधानमन्त्रीज्यूको तालिका भनेर आउनेभन्दा पनि तयारीअनुसार आउँछ,’ उनले भने ।

लामो समयदेखि प्रतिपक्षी दलहरूले संसद्‍मा प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।