मुख्य समाचार
रिसोर्टको शेयर लिएर पैसा नदिएको कसुरमा भोटेकोशी हेली रिसोर्टका सञ्चालक फेरि पक्राउ
रिसोर्टको शेयर लिएर पैसा नदिएको कसुरमा भोटेकोशी हेली रिसोर्टका सञ्चालक फेरि पक्राउ

। २०८२ माघ २३ गते बैंकिङ कसुरमा पक्राउ परी कास्की जिल्ला अदालतबाट जिम्मा जमानीमा छुटेका भोटेकोशी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान फेरि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोगमा यही जेठ ३ गते पक्राउ गरी प्रधानलाई पोखरा ल्याएको हो ।

प्रधानलाई मंगलबार थप ३ दिनको म्याद गरी कास्की हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । भोटेकोशी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडका पूर्वअध्यक्ष पोखराका चीनबहादुर रानाभाटको जाहेरीका आधारमा प्रधानलाई पक्राउ गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
रिसोर्टका प्रमुख शेयरधनी चिनबहादुरलाई ७ करोड रुपैयाँको चेक दिएर प्रधानले शेयर किनेका थिए । चीनबहादुरले आफू प्रमुख शेयरधनी बनेर समीर कुमार नेपाल (मोरङ), छिरिङ शेर्पा (सिन्धुपाल्चोक) र सुवास प्रधान (नुवाकोट) मिलेर रिसोर्ट सञ्चालन गरेका थिए ।

सुरुमा चीनबहादुर, समीर र छिरिङ मिलेर २०७८ सालबाट रिसोर्ट सञ्चालन गरेका थिए ।

चीनबहादुरका अनुसार त्यसको करिब ३ वर्षपछि रिसोर्टमा सुवासको प्रवेश भएको थियो । अहिले रिसोर्ट सञ्चालनका लागि लिइएको ऋण तिर्न नसकेपछि नेपाल बैंक लिमिटेडले लिलामी प्रक्रिया अगाडि बढाएको छ ।

गोरखापत्र दैनिकमा १, जेठ शुक्रबार सार्वजिनक सूचना जारी गर्दै लिलामी गर्ने प्रक्रिया अघि बढाएको हो । बैंकको कर्जा असुली विभागले जारी गरेको सूचना अनुसार साविक मार्मिङ–१ मा रहेको कुल २७ रोपनी ६ आना जग्गा र त्यसमा बनेको रिसोटर्का संरचना लिलामी प्रक्रिया सुरु गरिएको छ ।

लिलामी प्रक्रिया २०८३ असार ५ गते बिहान ११ बजे काठमाडौं बैंकिङ अफिसमा हुने तय गरिएको छ । तर, त्योभन्दा अगाडि नै चीनबहादुरकै जाहेरीका आधारमा प्रधान पक्राउ परेका छन् ।

प्रमुख शेयरधनी रहेका चीनबहादुरको शेयर प्रधानलाई हस्तान्तरण गर्ने सहमतिअनुसार ७ करोड रुपैयाँको चेक लिएका थिए । उनले शेयर हस्तान्तरण गरिसकेको तर व्यक्तिगत धनजमानीका आफू पनि जोडिएको बताए ।

‘सहमतिअनुसार उहाँले काम गरिदिएको भए, यो अवस्था नै आउँदैनथ्यो । नगरिदिएकै कारण बाध्य भएर जाहेरी दिनुपरेको हो,’ चीनबहादुरले अनलाइनखबरसँग भने, ‘निकै सम्भावना देखेरै लगानी गरेका थियौं र राम्रै पनि भइरहेको थियो । तर, मेरा लागि अपायक पनि परेकाले घाटा खाएर शेयर दिएको हुँ ।’

चीनबहादुरले सुवासको नाममा शेयर हस्तान्तरण गरिदिएको बताउँछन् । तर उनले पाउनुपर्ने रकम भने नपाएपछि बैंकिङ कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

चीनबहादुरले कास्की प्रहरीले जाहेरी दिएको यो दोस्रो पटक हो । पहिलो पटक २०८२ पुस २० गते २ करोड ५० लाख रुपैयाँको बिगो दाबी गर्दै जाहेरी दिएपछि माघ २३ गते प्रधान पक्राउ परेका थिए । तर, जिल्ला अदालत कास्कीले त्यसको भोलिपल्टै अभिवक्ता जयराम श्रेष्ठको जिम्मा जमानीमा छाडेका थिए ।

जिम्मा जमानीमा थुनाभन्दा बाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश गरेको भए पनि त्यसयता प्रधान प्रहरीको सम्पर्कमै आएनन् ।

रिसोर्ट शेयर हस्तान्तरण गरेर दुई वटा चेकबाट ७ करोड रुपैयाँ लिएका चीनबहादुरले २०८२ चैत १७ गते ३ करोड ५० लाख रुपैयाँ बिगो दाबी गर्दै फेरि बैंकिङ कसुरमा जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कास्कीले वैशाख ३० गते प्रक्राउ अनुमति लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोग मागेको थियो । उसकै सहयोगमा प्रधानलाई जेठ ३ गते पक्राउ गरी पोखरा ल्याइएको हो ।

प्रधानले रिसोर्टमा व्यवसायी तथा शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई भित्र्याएर चीनबहादुरको शेयर खरिद गरेका थिए । दीपेन्द्रमार्फत कारोबार मिलाउने र शेयरसमेत खरिद गरेका सुवासले चीनबहादुरलाई सहमतिअनुसारको पैसा नदिँदा पक्राउ परेका छन् ।

अहिले रिसोर्टसमेत अप्ठेरो अवस्थामा पुगेको छ भने दिपेन्द्र अग्रवालले पनि सुवासले आफूलाई फसाएको बताइरहेको प्रहरी अनुसन्धान अधिकृतहरुले बताएका छन् । प्रधानले शेयर नदिएको र बैंकमा हिसाब पनि नमिलाएको दिपेन्द्रको तर्फबाट विषय आएको प्रहरी स्रोतको भनाइ छ ।

दीपेन्द्रसँगको उसको लेनदेन, बैंकले थालेको लिलामी प्रक्रिया र पक्राउ पर्नु रिसोर्टसँग जोडिएको भए पनि यो चीनबहादुर र सुवासबीचको लेनदेनको विषय हो ।

चीनबहादुरका अनुसार करिब ७० करोडको लगानीमा क्यासिनोसहित ४ तारेस्तरको रिसोर्ट सञ्चालनमा ल्याइएको हो । भोटेकोशी छेउमै करिब ९५ रोपनी जग्गामा सञ्चालित रिसोर्ट चीनको सीमाबाट १४ किलोमिटरको दूरीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।