। एक जना १८ वर्षीया अष्ट्रेलियन किशोरीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छिन् ।
किशोरी आरोही बियान्का एडलरले सगरमाथा आरोहण गरेको नेपाल पिक एड्भेन्चरले जानकारी दिएको छ । उसका अनुसा बियान्का नै सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन हुन् ।
गत वर्ष उनी डेथ जोन (अत्यन्त जोखिमपूर्ण उचाइ क्षेत्र) सम्म पुगेर चुचुरोको ४०० मिटर तलबाट फर्किएकी थिइन् । यसपटक भने सफल आरोहण गरेको नेपाल पिक एड्भेन्चरले जनाएको छ ।