मुख्य समाचार
पेस्तोलसहित एक जना पक्राउ
पेस्तोलसहित एक जना पक्राउ

। कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानरपालिका–१७ घर भएका २३ वर्षीय सन्दिप राई छन् ।


उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । गोठाटारस्गित पहँलो पुलमा बिग्रिएर चल्न नसकेको बा ४ ख ५२४१ नम्बरको गाडीको सिटमुनिबाट प्रहरीले म्यागजिनसहित पेस्तोल बरामद गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।
— सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख धरौटी माग गर्ने आदेश गरेको छ। पोखराको लिचीबारी जग्गा प्रकरणमा विशेष अदालतको आदेशले थुनामा रहेका पूर्वमन्त्री गुप्तालाई धरौटी माग गर्ने आदेश सर्वोच्चले जेठ ५ मा गरेको हो । न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विशेष अदालतको आदेश बदर गर्दै रञ्जिता श्रेष्ठसहितलाई धरौटीमा रिहा ...
— रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र साहले संसद् बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन कहिले गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै महामन्त्री बुर्लाकोटीले सरकारले मन्त्रीहरूलाई कार्यविभाजन गरेर संसद्‍मा जवाफ दिने तालिका बनाइरहेको जानकारी पनि आफूले पाएको बताए । मन्त्रीहरूले सम्बन्धित मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ ...
। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा अवस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो साँझ ५ः३२ बजेदेखि लाइन अवरुद्ध भएको हो । उक्त सबस्टेसनबाट तनहुँको आँबुखैरेनी, ...
— कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र अब ६०/४० को भागबण्डा नचल्ने बताएका छन् । मधेस प्रदेश सभालाई बुधबार सम्बोधन गर्दै शर्माले विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई पनि केन्द्रमा, संसदीय दलमा र भातृसंस्थाहरूमा जिम्मेवारी दिने काम भएको भन्दै ६० र ४० को भागबण्डाको विषय अब दन्त्य कथा बनिसकेको बताए । क्रियाशील सदस्यता अद्यावधीलाई लिएर संस्थापन इतरपक्षले गरिरहेको ...