मुख्य समाचार
प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान
प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान

। प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आज दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद यही जेठ १८ गतेसम्म छ ।


२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि बनेको बालेन नेतृत्वको सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरु खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाइएको हो ।

दरखास्त पेश गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा रहेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ ‘स्मार्ट कन्ट्रोल रुम’ अन्तर्गत कम्प्युटर–एडेड डिस्प्याच प्रणालीको सुरुवात गरिएको छ । नेपालमा जिल्लास्तरमा यस प्रकारको एकीकृत र प्रविधिमा आधारित आपत्कालीन प्रतिकार्य प्रणाली (इमर्जेन्सी रेस्पोन्स सिस्टम) लागू गरिएको यो पहिलो पटक हो । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य सहित कार्यालय परिसरमा स्मार्ट प्रहरी कन्ट्रोल रुमको कमलामाई नगरपालिकाका नगर प्रमुख ...
। २०८२ माघ २३ गते बैंकिङ कसुरमा पक्राउ परी कास्की जिल्ला अदालतबाट जिम्मा जमानीमा छुटेका भोटेकोशी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान फेरि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोगमा यही जेठ ३ गते पक्राउ गरी प्रधानलाई पोखरा ल्याएको हो । प्रधानलाई मंगलबार थप ३ दिनको म्याद गरी कास्की ...
। नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । सेनाका अनुसार विपद्को समयमा तत्काल ...
। आठ वटा विश्वविद्यालयको उपकुलपतिको लागि २१८ जनाको आवेदन परेको छ । शिक्षा मन्त्रालयका अनुसार, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको छ । उक्त सूची ...
। एक जना १८ वर्षीया अष्ट्रेलियन किशोरीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छिन् । किशोरी आरोही बियान्का एडलरले सगरमाथा आरोहण गरेको नेपाल पिक एड्भेन्चरले जानकारी दिएको छ । उसका अनुसा बियान्का नै सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन हुन् । गत वर्ष उनी डेथ जोन (अत्यन्त जोखिमपूर्ण उचाइ क्षेत्र) सम्म पुगेर चुचुरोको ४०० मिटर तलबाट फर्किएकी थिइन् ...