मुख्य समाचार
जेठ १ गते मृत भेटिएको गैँडालाई करेन्ट लगाएर मारेको पुष्टि
जेठ १ गते मृत भेटिएको गैँडालाई करेन्ट लगाएर मारेको पुष्टि

। पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ स्याउली टोलमा जेठ १ गते मृत भेटिएको गैँडालाई करेन्ट लगाएर मारेको पुष्टि भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको प्राविधिक टोलीले मृत गैँडाको पोष्टमार्टम गर्दा करेन्ट लगाएर मारेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्ने भीम प्रसाद दर्जीले भोगचलन गरेको ऐलानी जग्गामा अन्दाजी २५ वर्षको भाले गैँडा मृत फेला परेको थियो ।

मकैबारीभित्र फेला परेको गैँडाको नाकबाट रगत बगेको देखिएको थियो भने दाहिनेतिर पछाडिको भाग तथा पुच्छरतिर चिरा परेको घाउ पनि भेटिएको थियो । गैँडाको खाग तथा चारै खुट्टाका खुर सुरक्षित थियो ।

मृत्युको कारण पत्ता लगाउन कलेजो, फोक्सो, मिर्गौला, मुटु तथा आमाशयको नमूना संकलन गरी परीक्षण गरिएको थियो ।

रिपोर्टमा के छ ?

गैँडाको आन्तरिक परीक्षण गर्दा फोक्सो र कलेजोमा रगत जमेको पाइएको छ । पाचन प्रणाली असामान्य नदेखिएको रिपोर्टमा उल्लेख छ । मुटुको परीक्षण गर्दा मुटुको कोठाहरूमा नजमेको कालो रगत फेला परेको थियो, जसमा जलेको जस्तो गन्ध आएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ ।

मिर्गौला फिका अवस्थामा देखिएको थियो भने अन्य मांसपेशी तथा हड्डी सम्बन्धी प्रणाली सामान्य अवस्थामा रहेको देखिएको छ ।

मुटुमा नजमेको कालो रगत तथा जलेको गन्धजस्ता संकेतहरूले गैँडालाई विद्युतीय धरापमा पारेर मारेको देखिएको जनाइएको छ ।

गैँडा मरेको स्थान नजिकै विद्युतीय धरापका लागि प्रयोग हुने सामग्रीहरु डिभिजन वन कार्यालय पूर्वी नवलपरासीले फेला पारेको थियो ।

घटनास्थल वरपर गरिएको खोजतलासका क्रममा मृत गैँडा रहेको स्थानदेखि करिब २०० मिटर दक्षिणतर्फ लोकाहा खोलाको काँसघारीमा जिआई (बेन्डिङ) तारले बेरिएका २७ वटा बाँसका किल्ला लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरिएको थियो ।

साथै घटनास्थलको उत्तर पश्चिमतर्फ रहेको घरबाट सिंगल फेजको रिङसहितको करिब १३ मिटर वाइरिङ तारसमेत बरामद भएको थियो ।

पक्राउ परेका दर्जीमाथि अनुसन्धान जारी

पक्राउ परेका दर्जीलाई १५ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास अधिकारीले जानकारी दिए । अनुसन्धान अधिकृत नै तोकेर दर्जीमाथि अनुसन्धान भैरहेको छ ।

विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा मारेमा वा यसको अंग किनबेच र ओसार पसार गरेमा १५ वर्षसम्म जेल सजाय वा १० लाख रुपैयाँसम्म जरिवाना या जेल र जरिवाना दुवै हुने कानुनी प्रावधान छ ।

निकुञ्जका सूचना अधिकारी थापामगरका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म निकुञ्ज तथा आसपासका क्षेत्रमा २० वटा गैँडा विभिन्न कारणले मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानरपालिका–१७ घर भएका २३ वर्षीय सन्दिप राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । गोठाटारस्गित पहँलो पुलमा बिग्रिएर चल्न नसकेको बा ४ ख ५२४१ नम्बरको गाडीको सिटमुनिबाट प्रहरीले म्यागजिनसहित पेस्तोल बरामद गरेको हो । उनलाई थप अनुसन्धानका ...
। सर्वोच्च अदालतले भूमि आयोगका पदाधिकारी नियुक्ती र कर्मचारी सरुवामा घुस लिएको आरोप लागेका पूर्वमन्त्री राजकुमार गुप्ता ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतको आदेश उल्ट्याउदै सर्वोच्च अदालतले गुप्तालाई थुनामा राख्नुको साटो ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो । न्यायाधीशहरु शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले जारी गरेको आदेशमा घुस लिएको ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन ब्यूरोमा १७ जना सदस्यहरू मनोनीत गरेका छन् । उपसभापति पुष्षा भुसालको संयोजकत्वमा प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत निर्वाचन ब्यूरो गठन गरिएको थियो । उक्त ब्यूरोमा सदस्यहरू मनोनीत गरी सभापति थापाले कार्यादेश समेत दिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, ७५३ स्थानीय तह, ६,७४३ ...
। दोलखाको शैलुङमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता श्रीराम तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले शैलुङ क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार युवक शैलुङ घुम्न आएका बेला ...
। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। यी पदहरूमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार (जेठ ७ गते) सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। समितिका अनुसार, गत जेठ ५ गते स्वीकृत भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य ...