मुख्य समाचार
इरानविरुद्ध सञ्चालित ‘अपरेसन एपिक फ्युरी’ मा अमेरिकाले ठूलो हवाई क्षति
इरानविरुद्ध सञ्चालित ‘अपरेसन एपिक फ्युरी’ मा अमेरिकाले ठूलो हवाई क्षति

। इरानविरुद्ध सञ्चालित ‘अपरेसन एपिक फ्युरी’ मा अमेरिकाले ठूलो हवाई क्षति बेहोरेको छ । अमेरिकी कङ्ग्रेसको रिपोर्टअनुसार यस युद्धमा अमेरिकी सेनाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले यसअघि नै युद्धमा कुल साढे ४ खर्ब खर्च भइसकेको जनाएको छ ।

कस्तो-कस्तो विमानमा भयो क्षति ?

नष्ट भएका विमानहरूमध्ये ६ वटा फाइटर र अट्याक जेट रहेका छन् । जसमा एक एफ-३५, चार एफ-१५ई स्ट्राइक इगल र एक ए-१० थन्डरबोल्ट-२ समावेश छन् । अप्रिलको सुरुवातमै इरानले अमेरिकाको एउटा एफ-१५ई जेट खसालेको थियो ।

सबैभन्दा बढी क्षति ड्रोनतर्फ भएको छ । कुल २५ वटा ड्रोन ध्वस्त भएका छन्, जसमा २४ वटा एमक्यु-९ रिपर र एउटा एमक्यु-४सी ट्राइटन छन् । यसबाहेक अन्य ११ वटा विमान पनि पूर्ण रूपमा नष्ट वा क्षतिग्रस्त भएका छन् ।

इरानमा सत्तापलटको योजना
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिका र इजरायलले इरानको परमाणु र क्षेप्यास्त्र क्षमता कमजोर बनाउन मात्र युद्ध गरेका थिएनन्, उनीहरूको योजना सत्तापलट गर्ने पनि थियो ।

नयाँ नेताका रूपमा इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई अघि सार्ने योजना थियो । युद्धको पहिलो दिन इजरायलले तेहरानस्थित अहमदिनेजादको घरनजिकै आक्रमण गरेको थियो । यसको उद्देश्य उनलाई नजरबन्दबाट मुक्त गर्नु थियो, तर उनी बचेका थिए ।

त्यसपछि इजरायल र अमेरिका सत्तापलटको योजनाबाट पछि हटेका हुन् । इरानी सेना र सर्वोच्च नेतासँगको बिग्रँदो सम्बन्धका कारण अहमदिनेजाद कैयौँ वर्षदेखि नजरबन्दमा छन् ।

रिपोर्टका अनुसार, सत्तापलटका लागि तय गरिएको ३ चरणको योजना तय गरिएको थियो । पहिलो चरणमा लगातार हवाई आक्रमण गर्ने, इरानका सर्वोच्च नेताहरूलाई निशाना बनाउने र कुर्द लडाकुहरूलाई सक्रिय पार्ने अमेरिकी रणनीति थियो ।

दोस्रो चरणमा इरानी सत्ताले नियन्त्रण गुमाउँदै छ भन्ने सन्देश दिन इजरायलले अराजकता र युद्धको माहोल सिर्जना गर्ने योजना थियो । त्यस्तै, तेस्रो चरणमा पूर्वाधारमा क्षति पुर्‍याउने, ग्यास र बिजुली आपूर्ति रोकेर राजनीतिक दबाब बढाउने र त्यसपछि अहमदिनेजादलाई सत्तामा ल्याउने अमेरिकी योजना थियो ।

यसैबीच, अमेरिकी सिनेटले राष्ट्रपति ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव ५०-४७ को मतले पारित गरेको छ । ४ जना रिपब्लिकन सांसदले पनि ट्रम्पको विपक्षमा मत दिएका छन् । यदि यो कानुन बन्यो भने इरानविरुद्ध युद्ध जारी राख्न ट्रम्पले कङ्ग्रेसको अनुमति लिनुपर्नेछ ।

उता, अमेरिकी कोस्टगार्ड एकेडेमीमा बोल्दै राष्ट्रपति ट्रम्पले इरानको नौसेना र वायुसेना लगभग समाप्त भइसकेको दाबी गरेका छन् । अब अमेरिकाले कारबाही पूरा गर्ने वा इरान सम्झौतामा आउने भन्ने मात्र बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम