मुख्य समाचार
पोखराको फिर्केखोला मिचेर बनाइएका संरचना जेठ ९ भित्र हटाउन निर्देशन
पोखराको फिर्केखोला मिचेर बनाइएका संरचना जेठ ९ भित्र हटाउन निर्देशन

। पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र आफैँ हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले भत्काउने र त्यसको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने चेतावनी दिइएको छ ।

महानगरपालिकाका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचनाहरू निर्माण गरिएका छन्।

यसअघि महानगरको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडेको सिमानाभित्र पर्ने संरचनाहरू हटाउन लागिएको हो । अदालतको आदेशपछि महानगर आक्रामकयसअघि महानगरले २०८० कात्तिक १० गते ती संरचनाहरू हटाउन ३५ दिने सूचना जारी गरेको थियो ।

सो सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो । तर, सम्मानित उच्च अदालतले महानगरको सूचनाउपर उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने (महानगरको कदमलाई सदर गर्ने) फैसला गरेपछि महानगरलाई अतिक्रमण हटाउने कानुनी बाटो खुलेको हो ।

अदालतको आदेश र महानगरले गत वैशाख ४ गते जारी गरेको सूचनालाई समेत आधार मान्दै यो अन्तिम सार्वजनिक सूचना जारी गरिएको हो । खर्च सम्बन्धित व्यक्तिबाटै असुलिनेमहानगरले आगामी २०८३ जेठ ९ गतेभित्र व्यक्ति वा संस्थाहरूलाई आफ्ना संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन आग्रह गरेको छ।

यदि उक्त मितिभित्र संरचना नहटाएमा महानगरको डोजर चल्नेछ। सो क्रममा लाग्ने सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय लागत अतिक्रमणकारी व्यक्ति वा संस्थाबाटै कडाइका साथ असुल उपर गरिने महानगरले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरुलाई आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा पनि सो पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरुले प्लेकार्ड प्रदर्शन गर्दै सरकारको विरोध गरेपछि सभामुखले व्यवहार सच्याउन चेतावनी दिएका हुन् । सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार ...
। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता हतारो गरेको टिप्पणी गरेका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाए । विगतमा आफू समाहित दलले न्यायालयमा ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा स्वास्थ्य पूर्वाधार, उपकरण र विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवाको समस्या गम्भीर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले सल्यानमा स्वास्थ्य सेवाको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । केही समयअघि सल्यान जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई ‘विशेषज्ञ चिकित्सक ...
। रास्वपा सांसद रिमा विश्वकर्माले दलितलाई हेर्ने समाजको दोषी चश्मा खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने बताएकी छिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती समेत दिइन् । जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने, नसुनेझैं, नदेखेझैं गर्ने हाम्रो समाजको दोषी चश्मालाई खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो । ‘अझै ...
। विगत तीन सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहत रहेको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा गर्दै आएको अनिवार्य परीक्षण (कम्पल्सरी स्याम्पलिङ) को व्यवस्थालाई फिर्ता लिएपछि नेपाली चियाको निकासी पुनः सहज भएको हो । भारतीय टी बोर्डले मंगलबार राति आफ्नो निर्णयमा संशोधन गर्दै नयाँ सूचना (कोरिजेन्डम–२) ...