मुख्य समाचार
चन्द्रगढी विमानस्थलबाट दुर्घटनाग्रस्त जहाजको अवशेष दश दिनभित्र हटाइने
चन्द्रगढी विमानस्थलबाट दुर्घटनाग्रस्त जहाजको अवशेष दश दिनभित्र हटाइने

। चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ ।

चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । गत पुस १८ गते राति काठमाडौँबाट आएको बुद्ध एयरको उक्त जहाज चन्द्रगढी विमानस्थलको पश्चिमी किनारको धावनमार्गबाट चिप्लिएर खोल्सीमा खसेको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित ५१ जनामध्ये सात जना घाइते भएका थिए ।

दुर्घटनापछि जहाजको अवशेषलाई घटनास्थलमै त्रिपालले छोपेर राखिएको थियो । धावनमार्गकै छेउमा दुर्घटनाग्रस्त जहाज देखिँदा उडान भर्ने यात्रुहरूमा मनोवैज्ञानिक त्रास र असहजता बढेको भन्दै गुनासो आउने गरेको थियो ।

चन्द्रगढी विमानस्थल कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार दुर्घटनाको प्राविधिक अनुसन्धान र बिमा कम्पनीको मूल्याङ्कन प्रक्रियाका कारण जहाजको अवशेष लामो समयसम्म घटनास्थलमै राख्नुपरेको हो ।

‘दुर्घटना जाँचबुझ समिति र बिमा कम्पनीले आवश्यक सबै अनुसन्धान पूरा गरिसकेका छन्’, प्रमुख खत्रीले भने, ‘त्यसैले अबको १० दिनभित्र जहाजको सबै अवशेष पूर्ण रूपमा हटाइने तयारी भइरहेको छ ।’

जहाज हटाउने स्वीकृत प्रक्रियाअनुसार हाल दुर्घटनाग्रस्त विमानको बडीबाट ‘बुद्ध एयर’को नाम, लोगो तथा अन्य पहिचान खुल्ने चिह्नहरू मेटाउने कार्य सम्पन्न भइसकेको छ ।

‘अहिले विमानको बडीमा बुद्ध एयर लेखिएका कुनै पनि अक्षर वा चिह्नहरू बाँकी छैनन्, जहाजको आकार मात्र देखिन्छ’, विमानस्थल प्रमुख खत्रीले थपे, ‘बिमा कम्पनी आफैँले आगामी १० दिनभित्र यो अवशेष पूर्ण रूपमा व्यवस्थापन गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता हतारो गरेको टिप्पणी गरेका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाए । विगतमा आफू समाहित दलले न्यायालयमा ...
। पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र आफैँ हटाउन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले भत्काउने र त्यसको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने चेतावनी दिइएको छ । महानगरपालिकाका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा स्वास्थ्य पूर्वाधार, उपकरण र विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवाको समस्या गम्भीर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले सल्यानमा स्वास्थ्य सेवाको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । केही समयअघि सल्यान जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई ‘विशेषज्ञ चिकित्सक ...
। रास्वपा सांसद रिमा विश्वकर्माले दलितलाई हेर्ने समाजको दोषी चश्मा खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने बताएकी छिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती समेत दिइन् । जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने, नसुनेझैं, नदेखेझैं गर्ने हाम्रो समाजको दोषी चश्मालाई खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो । ‘अझै ...
। विगत तीन सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहत रहेको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा गर्दै आएको अनिवार्य परीक्षण (कम्पल्सरी स्याम्पलिङ) को व्यवस्थालाई फिर्ता लिएपछि नेपाली चियाको निकासी पुनः सहज भएको हो । भारतीय टी बोर्डले मंगलबार राति आफ्नो निर्णयमा संशोधन गर्दै नयाँ सूचना (कोरिजेन्डम–२) ...