मुख्य समाचार
पार्टी मिलाएर जाने सबै विषयमा छलफल गर्न तयार रहेको
पार्टी मिलाएर जाने सबै विषयमा छलफल गर्न तयार रहेको

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी मिलाएर जाने सबै विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

महोत्तरीको बर्दिबासमा बुधबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सम्बोधन गर्दै उनले सबै कुरा मिलाउन तयार रहेको बताए ।

‘म सबै कुरामा छलफल गर्न तयार छु । सबै कुरा मिलाउन तयार छु,’ सभापति थापाले भने, ‘साथीहरूको चित्त बुझाएर गर्छु । पार्टी मिलाएर जान्छु ।’

सभापति थापाले संस्थापन इतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अद्यावधिकमा अवरोध सिर्जना नगर्न पनि आग्रह गरे । ‘तर, पार्टी बलियो बनाउने कुरामा, पार्टीको सदस्यलाई बलियो बनाउने कुरामा कृपया यो अध्यावधि गर्ने कुरामा चाहिँ कसैले खिचपिच नगर्दिनु होला,’ उनले भने ।


इरत समूहले सदस्यता अद्यावधिक नगर्ने कारणबारे आफू अचम्म परेको पनि बताए । ‘म त तिन छक्क परेको छु, भगवान कसम मलाई त यो त अचम्मै लागेको छ,’ उनले भने, ‘यो अध्यावधिक नगर है, अध्यावधिक गर्न पाइदैन भनेर भनेको कुरा त भगवान कसम मैले बुझिरहेको छैन ।’

पार्टीको कुनै पनि क्रियाशील सदस्यले चाहने बेलासम्म सदस्यता अद्यावधिक गर्न पाउने उनले बताए ।

उम्मेदवारलाई कुनै पनि मतदाताले मत नहाल्न पाए पनि पार्टीको क्रियाशील सदस्यले रूख चिन्हभन्दा दायाँबायाँ गरेर मत हाल्छु भन्ने नपाइने सभापति थापाको भनाइ थियो ।

‘पार्टीको कुनै पनि उम्मेदवारलाई कुनै पनि मतदाताले मत नहाल्न पाउँछ । म कहिले पनि मतदाता आफ्नो हुन्छ भन्ने मान्दिनँ,’ उनले भने, ‘क्रियाशील सदस्य भएर, पार्टीको नेता भएर मन परे पनि, मन नपरे पनि, आएको उम्मेदवारलाई रुख चिन्ह भन्दा दायाँबायाँ गरेर मत हाल्छु भन्ने कुरा चाहिँ पाइँदैन ।’

सभापति थापाले गएको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई मत नहाल्ने नेतालाई केही समयका लागि पार्टीको सदस्यबाट बाहिर राखिने पनि दोहोर्‍याए ।

‘उ केही समय कांग्रेसको सदस्य हुने कुराबाट बाहिर रहन्छ । उ रहनुपर्छ,’ सभापति थापाले भने, ‘उसलाई अरू के गर्ने हो ? हामीले घर सम्पत्ति लाने होइन ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र आफैँ हटाउन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले भत्काउने र त्यसको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने चेतावनी दिइएको छ । महानगरपालिकाका अनुसार वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा स्वास्थ्य पूर्वाधार, उपकरण र विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवाको समस्या गम्भीर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले सल्यानमा स्वास्थ्य सेवाको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । केही समयअघि सल्यान जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई ‘विशेषज्ञ चिकित्सक ...
। रास्वपा सांसद रिमा विश्वकर्माले दलितलाई हेर्ने समाजको दोषी चश्मा खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने बताएकी छिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती समेत दिइन् । जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने, नसुनेझैं, नदेखेझैं गर्ने हाम्रो समाजको दोषी चश्मालाई खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो । ‘अझै ...
। विगत तीन सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहत रहेको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा गर्दै आएको अनिवार्य परीक्षण (कम्पल्सरी स्याम्पलिङ) को व्यवस्थालाई फिर्ता लिएपछि नेपाली चियाको निकासी पुनः सहज भएको हो । भारतीय टी बोर्डले मंगलबार राति आफ्नो निर्णयमा संशोधन गर्दै नयाँ सूचना (कोरिजेन्डम–२) ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरुको जवाफ दिए । गृह मन्त्रालयमाथि सुकुमवासी बस्ती खाली गराए लगायतका विषयमा प्रश्न उठेको भन्दै ...