। गौशाला पिंगलास्थानमा ज्यान मार्ने धम्की दिँदै फिरौती लिने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ घर भएका ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषाको मिथिला नगरपालिका–८ घर भएका ४३ वर्षीय रवीन कोइराला छन् ।
उनीहरुलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो । उनीहरुले ४ जेठको साँझ साढे ६ बजे पिंगलास्थानमा डिजिटल स्टुडियो सञ्चालन गर्दै आएका ६० वर्षीय विष्णु न्यौपानेलाई कुटपिट गर्दै रकम असुलेको आरोप छ ।
स्टुडियोमा रहेको २ लाख नगद समेत लिई बागमती करिडोरस्थित निलोपुलमा लगेर ५० हजार फिरौती माग गरिएको थियो । उक्त रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रहरीले बताएको छ ।
फिरौती वापत ५० हजार रकम लिई यो दुई जनाको समूह त्यहाँबाट फरार भएको थियो ।
वैदेशिक रोजगार सुरक्षा अध्यक्ष लेखिएको कार्ड, सुरक्षा जागरुक युवा समाज अध्यक्ष लेखिएको कार्ड, औषध दुरुपयोग अनुसन्धान समिति अध्यक्ष लेखिएको कार्ड, शहरी विकास मन्त्रालय सिंहदरबार योगेन्द्र पौडेल लेखिएको भेटघाट कार्ड। योगेन्दै पौडेलको नाममा जारी भएको ३ लाखको चेक, वैदेशिक रोजगार सुरक्षा समितिलाई लेखिएको जनककुमार बस्नेतको नामको निवदेन, नगद ११ हजार मोबाइल योगेन्द्र पौडेलबाट बरामद भएको छ ।
रवीन कोइरालाको साथबाट धर्मकर्म उपभोक्ता सहकारीको लोन अफिसको कार्ड, २ लाखको चेक, पासवर्डको फोटोकपी, ब्लुबुक, मोबाइल बरामद भएको छ ।