मुख्य समाचार
मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

: झापाको अर्जुनधारामा मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ कुशलचोकका २९ वर्षीया काजल बस्नेत सुवेदी रहेकी छन्। उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेको जनाइएको छ।

गत जेठ ४ गते राति करिब ९:१५ बजे एम्स बोर्डिङ स्कूलको पश्चिमतर्फ रहेको खुल्ला चौरमा काजल र अर्जुनधारा–५ कञ्चनबाडी निवासी २४ वर्षीय किरण गौतम अत्यधिक मदिरा सेवन गरी बसेका थिए। सोही क्रममा उनीहरूबीच कुनै विषयमा विवाद हुँदा किरणले काजललाई धकेलेका थिए।

धकेल्ने क्रममा काजल चौरको बीच भागमा सिमाना छुट्याउन बनाइएको कङ्क्रिटको प्लममा ठोकिँदा टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी थिइन्। बेहोस अवस्थामा रहेकी उनलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय शंकर अस्पताल पुर्‍याएका थिए। पछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड हुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर लगिएको थियो।



उनको उपचारकै क्रममा आज बिहान ४:४० बजे मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आरोपित किरण गौतमलाई घटनास्थलबाटै पक्राउ गरेको थियो। उनलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सिरहा मालपोत कार्यालयसँग सम्बन्धित फर्जी कागजातको आधारमा जग्गा पास गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा श्रीराम भु–सेवा केन्द्रका एक जना, लिखनदासको काम गर्ने एक र एक जना स्टुडियो सञ्चालक रहेका छन् । उनीहरूले फर्जी प्रक्रियामार्फत जग्गा पास गराएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा ...
: धादिङको थाक्रे गाउँपालिका-६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ की ९३ वर्षीया गंगा देवी बिडारीको मंगलबार बिहान मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको थाक्रे पोलिक्लिनिक हुँदै गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा थप उपचारको क्रममा मृत्यु भएको ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृतिलाई संरक्षण नगरिने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदले राखेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री डा. वाग्लेले सरकार सुशासनमा केन्द्रित भएको दावी समेत गरे । ‘सुशासन विना दिगो आर्थिक वृद्धि सम्भवन हुँदैन,’ उनले भने, ‘संस्थाहरूको अवैध कब्जाले ...
: कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर अगाडि मंगलबार अपरान्ह दुर्घटना हुँदा साइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकलमा रहेका दुई जनालाई ठक्कर दिएको हो। बुलेट आईसीपीतर्फ मोड्ने क्रममा करिब ४:५० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको ...
: सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा वैठकमा आफ्नै सरकारप्रति असन्तुष्टि जनाएका छन्। बजेटका प्राथमिकतामाथि छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नदेखिएपछि सांसद सिंह झोक्किँदै असन्तुष्टि जनाएका हुन् । उनले भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन ...