मुख्य समाचार
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय

: प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डा.कृष्ण हरि बुढाथोकीले जानकारी दिए।

बैठकमा समिति सदस्यहरूले आगामी बजेट तर्जुमा सन्दर्भमा धारणा राखेका थिए । सदस्यहरूले उठाएका विषयमा विज्ञसँग छलफल गरि सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिइने सभापति बुढाथोकीले बताए।

त्यस्तै समिति अन्तर्गतका उपसमितिलाई पनि बजेट तर्जुमाका सन्दर्भमा आफ्नो कार्यक्षेत्रसँग सम्बन्धीत रहेर थप सुझाव पेश गर्न निर्देशन दिइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सिरहा मालपोत कार्यालयसँग सम्बन्धित फर्जी कागजातको आधारमा जग्गा पास गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा श्रीराम भु–सेवा केन्द्रका एक जना, लिखनदासको काम गर्ने एक र एक जना स्टुडियो सञ्चालक रहेका छन् । उनीहरूले फर्जी प्रक्रियामार्फत जग्गा पास गराएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा ...
: धादिङको थाक्रे गाउँपालिका-६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ की ९३ वर्षीया गंगा देवी बिडारीको मंगलबार बिहान मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको थाक्रे पोलिक्लिनिक हुँदै गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा थप उपचारको क्रममा मृत्यु भएको ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृतिलाई संरक्षण नगरिने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदले राखेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री डा. वाग्लेले सरकार सुशासनमा केन्द्रित भएको दावी समेत गरे । ‘सुशासन विना दिगो आर्थिक वृद्धि सम्भवन हुँदैन,’ उनले भने, ‘संस्थाहरूको अवैध कब्जाले ...
: कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर अगाडि मंगलबार अपरान्ह दुर्घटना हुँदा साइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकलमा रहेका दुई जनालाई ठक्कर दिएको हो। बुलेट आईसीपीतर्फ मोड्ने क्रममा करिब ४:५० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको ...
: सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा वैठकमा आफ्नै सरकारप्रति असन्तुष्टि जनाएका छन्। बजेटका प्राथमिकतामाथि छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नदेखिएपछि सांसद सिंह झोक्किँदै असन्तुष्टि जनाएका हुन् । उनले भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन ...