मुख्य समाचार
वीरगन्ज महानगरका सबै कामकाज बन्द गरी मन्त्रालयलाई साँचो बुझाउने जनप्रतिनिधिहरुको निर्णय
वीरगन्ज महानगरका सबै कामकाज बन्द गरी मन्त्रालयलाई साँचो बुझाउने जनप्रतिनिधिहरुको निर्णय

: वीरगन्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर करिब तीन महिनादेखि चल्दै आएको विवाद झन चर्किएको छ । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले २०८२ फागुन १२ गते सहसचिव रेशमलाल कँडेललाई वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय गरेको थियो ।

तर सरकारले महानगरको सहमति बेगर पठाएका कँडेल अढाई महिनापछि मात्रै मन्त्रालयबाट रवाना लिएर आएको भन्दै मेयर राजेशमान सिंहले उनलाई हाजिर गराउन नमानेपछि विवाद झन् चर्किएको हो । त्यहि विषयलाई लिएर सोमबार महानगरमा बसेको मेयर, उपमेयर र वडाध्यक्षहरुसहितको बैठकले महानगरका सम्पूर्ण सेवा बन्द गरी महानगरको साँचो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाउने निर्णय गरेको छ ।

सरकारले सरुवा गरेर पठाएका बेला कँडेल महानगरमा हाजिर हुन नआएको, महानगरलाई बदनाम गर्ने गरी सञ्चारमाध्यममा मिडियाबाजी गरेर काठमाडौंमै बसेको, अहिले सरकारले पटक–पटक ताकेता गरेपछि मात्रै रवाना लिएर आएका कँडेललाई हाजिर नगराउने मेयर सिंहले बताए ।


उनले भने, ‘एक त त्यसबेला महानगरको सहमति बेगर मन्त्रालयले उनलाई महानगरमा पठाउने निर्णय गर्‍यो, त्यसमा हाम्रो असहमति छँदै थियो ।
अर्को कुरा सरुवा गरिएलगत्तै उनी पनि हाजिर हुन आएनन्, महानगरलाई बदनाम गराउने गरी मिडियाबाजी गरेर काठमाडौंमै बसेर । अहिले सरकारले पटक–पटक ताकेता गरेपछिमात्रै कारबाही हुने डरले उनि हाजिर हुन आएका छन् । सरकारलाई नटेर्ने, महानगरलाई बदनाम गर्ने कर्मचारीसंग काम गर्न सकिदैन, मन्त्रालयले उनको सट्टा अरु जो कोहिलाई पनि पठायो भने हामी मान्न तयार छौं ।’

मेयर सिंहले कँडेलको सट्टा अर्को प्रमुख प्रशासकीय अधिकृतलाई पठाए मात्रै हाजिर गराउने अडान पनि राखे । बुधबार मेयरसहितका जनप्रतिनिधिको टोली मन्त्रालयमै पुगेर महानगरको साँचो मन्त्रालयमा बुझाउने निर्णय गरिएको उनले बताए ।

१२ फागुनमा तत्कालीन सरकारले कँडेललाई वीरगन्ज महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गर्ने निर्णय गरेपछि त्यसप्रति असहमति जनाउँदै वीरगन्ज महानगरपालिकाले उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै मन्त्रालयमा लागि पत्राचार समेत गरेको थियो । तर मन्त्रालयले महानगरको आग्रहलाई वास्ता नगर्दै यसअघि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत अरबिन्दलाल कर्णको आर्थिक र प्रशासनिक अधिकार कटौती गरिदिएको थियो ।

यता महानगरपालिकाले पनि मन्त्रालयले सरुवा गरेर पठाएका कँडेललाई हाजिर गर्न नदिएपछि महानगर तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतबिहीन बन्न पुगेको छ । वीरगन्ज महानगर तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन हुदाँ महानगरको आर्थिक तथा प्रशासनिक कामकाज प्रभावित छ ।कर्मचारीहरुले तीन महिनादेखि तलब भत्ता पाएका छैनन् ।विकास निर्माणका कामपनि अवरुद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सिरहा मालपोत कार्यालयसँग सम्बन्धित फर्जी कागजातको आधारमा जग्गा पास गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा श्रीराम भु–सेवा केन्द्रका एक जना, लिखनदासको काम गर्ने एक र एक जना स्टुडियो सञ्चालक रहेका छन् । उनीहरूले फर्जी प्रक्रियामार्फत जग्गा पास गराएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा ...
: धादिङको थाक्रे गाउँपालिका-६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ की ९३ वर्षीया गंगा देवी बिडारीको मंगलबार बिहान मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको थाक्रे पोलिक्लिनिक हुँदै गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा थप उपचारको क्रममा मृत्यु भएको ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृतिलाई संरक्षण नगरिने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदले राखेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री डा. वाग्लेले सरकार सुशासनमा केन्द्रित भएको दावी समेत गरे । ‘सुशासन विना दिगो आर्थिक वृद्धि सम्भवन हुँदैन,’ उनले भने, ‘संस्थाहरूको अवैध कब्जाले ...
: कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर अगाडि मंगलबार अपरान्ह दुर्घटना हुँदा साइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकलमा रहेका दुई जनालाई ठक्कर दिएको हो। बुलेट आईसीपीतर्फ मोड्ने क्रममा करिब ४:५० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको ...
: सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा वैठकमा आफ्नै सरकारप्रति असन्तुष्टि जनाएका छन्। बजेटका प्राथमिकतामाथि छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नदेखिएपछि सांसद सिंह झोक्किँदै असन्तुष्टि जनाएका हुन् । उनले भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन ...