मुख्य समाचार
श्रम सँस्कृति पार्टीका सांसद ध्रुवराज राईले आजको प्रतिनिधिसभा वैठकमा उभौली गीत गाउँदै सरकार खोजे
श्रम सँस्कृति पार्टीका सांसद ध्रुवराज राईले आजको प्रतिनिधिसभा वैठकमा उभौली गीत गाउँदै सरकार खोजे

: श्रम सँस्कृति पार्टीका सांसद ध्रुवराज राईले आजको प्रतिनिधिसभा वैठकमा उभौली गीत गाउँदै सरकार खोजेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राईले ‘सोइ ढोले, सोई, केन्द्रीय सरकार खोई’ भन्दै गीत गाएका हुन् ।

उनले सांसद राईले चैत १ र २ गते भोजपुरमा हावाहुरीले सर्वसाधरणको घर र विद्यालयको छाना उडाएको विषयमा सदनमा उठाएको भए पनि आजसम्म सुनुवाइ नभएको बताएका थिए । उनले गृहमन्त्रीलाई नै भेटेर भोजपुरको समस्या सुनाएको भए पनि आजसम्म सुनुवाइ नभएकाले उभौलीको शुभकामनासहित अब चाँहि सुनिन्छ कि भनेर फेरि सरकारको ध्यानाकर्ष गराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादनमध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउन पटक–पटकको भारतीय अवरोधले झापा र इलामका उद्योगीले मे १ तारिख (वैशाख १८ गते)देखि तयारी चिया भारत पठाउन छाडेका छन्। मेची भन्सार कार्यालय काँकडभिट्टाबाट चिया निर्यात नभएको तीन साता हुन लाग्यो। ‘मे १ तारिखदेखि ...
। नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रकाश मिश्रले प्रधानन्यायाधीश सिफारिस सेटिङका लागि गरिएको गम्भीर आरोप लगाएका छन् । मंगलबार बारको प्राङ्गणमा लालटिन बालेर सर्वोच्च प्रशासनको कामकारबाहीप्रति भद्र विद्रोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सेटिङकै लागि लामो समयसम्म प्रधानन्यायाधीश बन्न सक्ने व्यक्तिको नाम सिफारिस गरिएको बताए । ‘न्यायिक प्रक्रियालाई नबिथोल्न सरकार म आग्रह ...
। रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको प्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा बजेटको विनियोजन प्राथमिकतामाथि छलफल चलिरहेको छ । छलफलमा भाग लिन पुगेका सांसद सिंहले आफ्नो २० वर्षे कार्यकालमा पहिलोपटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गरे । छलफल चलिरहँदा ...
। नेपालका कतिपय सार्वजनिक संस्थान १७ वर्षदेखि लेखा परीक्षण नगरी सञ्चालनमा रहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार नेपाल ओरिएन्ड म्याग्नेसाइटले १७ वर्षदेखि लेखा परीक्षण गराएको छैन । उसले आर्थिक वर्ष २०६४/६५ देखि लेखा परीक्षण गराएको छैन । त्यस्तै साझा प्रकाशनले १२ वर्षदेखि लेखा परीक्षण नगराएको महालेखाको ६३औं प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय बीमा संस्थानले ...
। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिँदै उनीहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे । सांसद गणेशबहादुर विश्वकर्माले कम ...