मुख्य समाचार
१७ वर्षदेखि लेखा परीक्षण आलटाल गर्दै सार्वजनिक संस्थान
१७ वर्षदेखि लेखा परीक्षण आलटाल गर्दै सार्वजनिक संस्थान

। नेपालका कतिपय सार्वजनिक संस्थान १७ वर्षदेखि लेखा परीक्षण नगरी सञ्चालनमा रहेको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार नेपाल ओरिएन्ड म्याग्नेसाइटले १७ वर्षदेखि लेखा परीक्षण गराएको छैन । उसले आर्थिक वर्ष २०६४/६५ देखि लेखा परीक्षण गराएको छैन ।

त्यस्तै साझा प्रकाशनले १२ वर्षदेखि लेखा परीक्षण नगराएको महालेखाको ६३औं प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय बीमा संस्थानले ९ वर्ष र राष्ट्रिय बीमा कम्पनीले ८ वर्षसम्म लेखा परीक्षण गराएका छैनन् ।

यसले वित्तीय अनुशासन र जवाफदेहिता कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ । आव २०८०/८१ सम्मको विवरण अनुसार ४५ संस्थानमध्ये २१ संस्थानले मात्र नियमित लेखा परीक्षण गराएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयका अनुसार नेपाल रेल्वे कम्पनी, विशाल बजार कम्पनी र गोरखापत्र संस्थानजस्ता निकायको समेत लेखा परीक्षण ढिलाइ भइरहेको छ । जसले गर्दा यी संस्थानको वास्तविक वित्तीय अवस्था यकिन हुन नसकेको महालेखाको तथ्यांक छ ।

संस्थानहरूको आन्तरिक सुशासन र जनशक्ति व्यवस्थापन समेत पद्धतिमा आधारित नदेखिएको महालेखाको निष्कर्ष छ । संगठन व्यवस्थापन सर्वेक्षण समय सापेक्ष नहुँदा दरबन्दीको सान्दर्भिकता कायम हुन नसकेको र रिक्त पदपूर्ति समयमै नहुँदा सेवा प्रवाह र समग्र कार्यसम्पादनमा प्रतिकूल असर गरेको देखिएको छ ।

सञ्चालक समितिमा विज्ञको संख्या कम हुनु, नेतृत्वमा बारम्बार परिवर्तन हुनु र कार्यकारी प्रमुखको कार्यसम्पादनमा आधारित वस्तुनिष्ठ मूल्यांकन नहुनुले नीतिगत स्थिरता हुन नसकेको महालेखाले लेखेको छ ।

महालेखाले समयमै लेखा परीक्षण नगराउने जिम्मेवारी पदाधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सुझाव दिएको छ ।

संस्थानको उच्च पदमा नियुक्तिका लागि वस्तुनिष्ठ मापदण्ड तर्जुमा गर्ने तथा कर्मचारी विनियमावलीमा सुधार गरी संस्थागत सुशासनलाई नतिजामुखी बनाउन मन्त्रालयबाट पहल गर्नसमेत सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रकाश मिश्रले प्रधानन्यायाधीश सिफारिस सेटिङका लागि गरिएको गम्भीर आरोप लगाएका छन् । मंगलबार बारको प्राङ्गणमा लालटिन बालेर सर्वोच्च प्रशासनको कामकारबाहीप्रति भद्र विद्रोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सेटिङकै लागि लामो समयसम्म प्रधानन्यायाधीश बन्न सक्ने व्यक्तिको नाम सिफारिस गरिएको बताए । ‘न्यायिक प्रक्रियालाई नबिथोल्न सरकार म आग्रह ...
। रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको प्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा बजेटको विनियोजन प्राथमिकतामाथि छलफल चलिरहेको छ । छलफलमा भाग लिन पुगेका सांसद सिंहले आफ्नो २० वर्षे कार्यकालमा पहिलोपटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गरे । छलफल चलिरहँदा ...
। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिँदै उनीहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे । सांसद गणेशबहादुर विश्वकर्माले कम ...
। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया प्यासिफक ग्रुप (एपीजी) अन मनि लण्डरिङ (सम्पत्ति सुद्धीकरण)का प्रतिनिधिबीच भेट भएको छ । एपीजी मनि लण्डरिङका डेपुटी एक्ज्युकेटिभ सेक्रेटरी डेभिड सानोन तथा पोलिसी अफिसर कियाह ससलबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो । भेटघाटको क्रममा उनीहरुबीच सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई राखिएको ...
। दार्चुलामा प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको(आत्महत्या दुरुत्साहन) आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । व्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेको घटनामा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रमसिंह कुँवर, महाकाली नगरपालिका–२ का ५२ वर्षीय दलिदत्त भट्ट, महाकाली ...