मुख्य समाचार
रुस र चीनबीचको सम्बन्ध इतिहासमै अभूतपूर्व स्तरमा
रुस र चीनबीचको सम्बन्ध इतिहासमै अभूतपूर्व स्तरमा

। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध इतिहासमै अभूतपूर्व स्तरमा पुगेको बताएका छन्। आफ्नो आसन्न चीन भ्रमणको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै राष्ट्रपति पुटिनले सार्वभौमसत्ता र राजकीय अखण्डताको रक्षा लगायतका मुख्य विषयहरूमा दुवै देश एकअर्कालाई निःशर्त सहयोग र समर्थन गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्।

आफ्ना पुराना र घनिष्ठ मित्र चिनियाँ राष्ट्रपति सी चिनपिङको निमन्त्रणामा पुनः बेइजिङ भ्रमण गर्न पाउँदा अत्यन्तै खुसी लागेको राष्ट्रपति पुटिनले उल्लेख गरेका छन्। उनका अनुसार दुई देशबीच हुने नियमित उच्चस्तरीय भ्रमण र वार्ताहरू आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन र यसको असीमित सम्भावनालाई उजागर गर्नका लागि साझा प्रयासका अभिन्न अङ्ग हुन्। बेइजिङमा हुने आगामी वार्ताहरूमा दुवै देशको बृहत्तर विकास र सम्बन्धलाई अझ गहिराइका साथ अघि बढाउने विषय नै मुख्य एजेन्डा रहने उनले बताए।

२५ वर्षअघि रुस र चीनबीच भएको ‘सद्भाव र मैत्रीपूर्ण सहयोग सन्धि’ ले नै दुई देशबीचको रणनीतिक र व्यापक साझेदारीको बलियो जग बसालेको स्मरण पुटिनले गरे। “आज रुस–चीन सम्बन्धले साँच्चिकै एउटा अभूतपूर्व उचाइ हासिल गरेको छ,” उनले भने। यो सम्बन्ध आपसी समझदारी, विश्वास, समान लाभ, सम्मानजनक संवाद र दुवै देशको मुख्य हित सार्वभौमसत्ता र राष्ट्रिय एकताको संरक्षणमा आधारित रहेको उनको भनाइ छ। पुटिनले दीर्घकालीन सहयोगका लागि चिनियाँ राष्ट्रपति सीको प्रतिबद्धताको उच्च प्रशंसा समेत गरे।

रुसले चीनको शताब्दीऔँ पुरानो इतिहास, संस्कृति, कला र विज्ञानको उच्च कदर गर्ने उल्लेख गर्दै राष्ट्रपति पुटिनले दुवै देशका जनतालाई अझ नजिक ल्याउन रुस सधैँ इच्छुक रहेको बताएका छन्। भविष्यप्रति पूर्ण विश्वस्त रहँदै रुस र चीनले राजनीति, अर्थतन्त्र, रक्षा र मानवीय क्षेत्रमा आफ्ना सम्पर्कहरूलाई तीव्र रूपमा विस्तार गरिरहेका छन्। मस्को र बेइजिङबीचको यो न्यानो सम्बन्धले भविष्यका लागि साहसिक योजनाहरू बनाउन र तिनलाई वास्तविक रूप दिन मद्दत पुर्‍याएको उनले थपे।
दुई देशबीच लागू गरिएको भिसामुक्त व्यवस्थाले व्यापारिक र पर्यटकीय गतिविधिलाई सहज बनाएको तथा नागरिकहरूबीच व्यक्तिगत सम्बन्ध बढाउन नयाँ अवसरहरू सिर्जना गरेको पुटिनले बताए। यसैगरी, आर्थिक सहकार्यको चर्चा गर्दै उनले रुस र चीनबीचको द्विपक्षीय व्यापारले २०० अर्ब अमेरिकी डलरको आँकडालाई निकै पहिले नै पार गरिसकेको जानकारी दिए। अहिले रुस र चीनबीचको आपसी व्यापारिक कारोबारको भुक्तानी लगभग पूर्ण रूपमा डलरको सट्टा उनीहरूका आफ्नै राष्ट्रिय मुद्रा ‘रुबल’ र ‘युआन’ मा हुन थालेको राष्ट्रपति पुटिनले स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम