मुख्य समाचार
कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण
कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

। २३-२४ भदौ २०८२ को जेनजी आन्दोलन क्रममा कागजात जलेका कारण यस वर्ष राष्ट्रपति कार्यालयकै लेखा परीक्षण हुन नसकेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार राष्ट्रपति कार्यालयमा कुल ६८ कर्मचारीको दरबन्दी छ । आर्थिक वर्ष २०८१/८२ को स्रेस्ता र त्यससँग सम्बन्धित कागजात जेनजी आन्दोलन र घटनाका कारण पेस हुन नआएकाले विनियोजनतर्फ १४ करोड १९ लाख १२ हजार र राजस्वतर्फ ५३ हजार तथा धरौटीतर्फ २ करोड ९ लाख ८२ हजार समेत १६ करोड २९ लाख ४७ हजार रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको कार्यालयले जनाएको छ ।




महालेखाका अनुसार जेनजी आन्दोलनका कारण डेढ खर्बमाथिको लेखा परीक्षण प्रभावित भएको छ । महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समिति समेतको कुल ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण भएको छ ।

कुल १ सय ७९ कार्यालयको भने कागजात जल्दा १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखा परीक्षण प्रभावित भएको महालेखा परीक्षक रायाले जानकारी दिए ।



यस वर्ष संघीय निकायतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब ५ करोड बेरुजु कायम भएको छ ।

समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड बराबरको बेरुजु देखिएको छ । कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड छ । एक वर्ष अवधिमा १४ अर्ब ६३ करोड रुपैयाँ बराबर असुल भएको छ । जुन उत्साहजनक रहेको रायाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिँदै उनीहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे । सांसद गणेशबहादुर विश्वकर्माले कम ...
। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया प्यासिफक ग्रुप (एपीजी) अन मनि लण्डरिङ (सम्पत्ति सुद्धीकरण)का प्रतिनिधिबीच भेट भएको छ । एपीजी मनि लण्डरिङका डेपुटी एक्ज्युकेटिभ सेक्रेटरी डेभिड सानोन तथा पोलिसी अफिसर कियाह ससलबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो । भेटघाटको क्रममा उनीहरुबीच सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई राखिएको ...
। दार्चुलामा प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको(आत्महत्या दुरुत्साहन) आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । व्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेको घटनामा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रमसिंह कुँवर, महाकाली नगरपालिका–२ का ५२ वर्षीय दलिदत्त भट्ट, महाकाली ...
। नेपाल पर्यटन बोर्डले छोटो गन्तव्य केन्द्रित दृश्यात्मक भिडियो सामग्री मार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन थालेको छ । अभियान अन्तर्गत बोर्डले हालसम्म लाङटाङ ट्रेक, गोसाइँकुण्ड, बन्दीपुर, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया लगायत नेपालका विभिन्न पर्यटन गन्तव्य तथा अनुभव सम्बन्धी प्रवर्द्धनात्मक भिडियो सामग्री सार्वजनिक गरिएको जनाएको छ । अन्य सामग्री निर्माण क्रममा रहेको समेत जनाइएको छ । अभियान ...
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइपछि सर्वसम्मत नाम अनुमोदन भएको छ । उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका थिए । ती उजुरी समेतका आधारमा सांसदहरूले शर्मामाथि सुनुवाइका क्रममा प्रश्न उठाएका थिए । शर्मामाथि संसदीय सुनुवाइमा उठेका मुख्य १० प्रश्न र त्यसमा शर्माले दिएको जवाफको सम्पादित अंश : एनसेल कर विवादको फैसला के हो ...