मुख्य समाचार
राजस्वको दैलोमात्र नबनोस् सगरमाथा
राजस्वको दैलोमात्र नबनोस् सगरमाथा

सगरमाथा मानव श्रमसीपको सिर्जना होइन, प्रकृतिले सुम्पिएको सम्पदा हो। यसकै कारण नेपालको पहिचान विश्वमा अग्लो छ। यही हिमाल सन् १९५३ मा पहिलोपटक आरोहण गरेर तेन्जिङ नोर्गे शेर्पाले देशको नाम चम्काएका थिए। उनकै पाइला पछ्याउँदै थुप्रै नेपालीले साहसको प्रतीकका रूपमा पनि आफूहरूसँगै देशलाई चिनाएका छन्।

५६ वर्षीय कामिरिता शेर्पाले जेठ ३ गते सगरमाथामा पाइला टेक्दा उनको आरोहण कीर्तिमान ३२औं पटकमा पुग्यो। यो उनको आफ्नै कीर्तिमान तोड्ने उपक्रममात्रै होइन, यतिका पटक विश्वमा अरू कसैले आरोहण नगरेको ऐतिहासिक उपलब्धि पनि हो। ५६ वर्षको उमेरमा ज्यान हत्केलामा राखेर उनले जुन बाजी जिते, त्यो अदम्य साहसकै प्रतिफल हो। त्यस्तै, ५३ वर्षीया लाक्पा शेर्पाले ११औं पटक सगरमाथा चढेर साहसी महिलाको गौरव लेखेकी छन्। उनले महिला हुनुको नाताले पनि सामाजिक विभेदको हिमाल आरोहण गरेरै सगरमाथा उक्लने सफलता पाएकी छन्।

कामिरिताको आरोहणले नेपालको नाम विश्व पर्वतारोहणमा अवश्य चम्किलो छ, सँगै नेपालको हिमाली पर्यटनमा यसले प्रत्यक्ष, अप्रत्यक्ष ठूलो योगदान पुर्‍याउने छ। सगरमाथा नेपालसँग मात्रै छ, त्यसैले हिमाली यात्रा र आरोहणका इच्छुकले अर्को गन्तव्यको विकल्प पाउँदैनन्। मात्रै यो साहसी कीर्तिमानको प्रचारचाहिँ जरुरी छ। कामिरिताले ‘सगरमाथा पुरुष’को उपाधि त्यसै पाएका छैनन्, शेर्पा समुदायको हिमालसँगको परम्परागत ज्ञान र अनुशासन उनले समुदायको विरासतसँगै ल्याएको हुनुपर्छ। त्यसमाथि व्यक्तिगत रूपमा उनले जुन आँट र लगनशीलता देखाए, त्यसैको प्रतिफल हो यो सफलता। आफूसँगै देशलाई चिनाउने यी साहसी व्यक्तित्व सबै नेपालीका तर्फबाट बधाईका हकदार त छन् नै, राज्यका तर्फबाट सम्मानका अति सुयोग्य पात्र पनि हुन्। सगरमाथाका कीर्तिमानहरूका बीच राज्यले साहसी सन्ततिको सम्मान राख्न सक्नुपर्छ; नभए जसरी पहिलो आरोही तेन्जिङले मुलुकबाहिर बसाइँ सरेजस्तो हालत बेहोर्नुपर्छ। त्यसो त थुप्रै आरोहीले त्यसो गरेका पनि छन्। त्यसमा राज्य गम्भीर हुनुपर्छ।



सँगसँगै सगरमाथा आरोहणमा विदेशीहरूको आकर्षण बढाउनुपर्छ। त्यसको मतलब यसलाई थोरै शुल्क लगाएर सस्तो बनाउने र केवल राजस्व आम्दानीको दैलोमात्रै बनाउनु हुँदैन। हिमालहरू आफैंमा विश्व तापमान वृद्धिको मारमा छन्। फोहोरको थुप्रोमा पुरिन पनि थालेका छन्। प्रकृतिले दिएको अद्वितीय सम्पदाको लालपुर्जा हामी नेपालीसँग भए पनि खासमा यो संसारकै सम्पदा हो, यसको संरक्षणका लागि विश्वकै ध्यान र लगन चाहिन्छ। त्यसमा नेपाल राज्यले विश्वको ध्यान खिच्नुचाहिँ पर्छ। होइन भने सगरमाथा केवल उचाइमा अग्लो तर प्रतिष्ठा र अस्तित्वमा होचो सावित हुने खतरा हुन्छ। सगरमाथा आरोहण जोखिम त हुँदै हो, तर उद्धार प्रणालीलाई नेपालले चुस्त बनाउन सक्नुपर्छ। व्यापारका लागि मात्रै यो गौरवशाली सम्पदाको प्रयोग हुनु हुँदैन।

हिमालले जसरी हामीलाई ‘चुचुरोमा पुग्नुमात्रै ठूलो कुरा होइन, त्यहाँ टिक्नु वा सकुशल फर्कनु उपलब्धि हो’ भनेर विनम्रता सिकाउँछ; त्यसैगरी उपलब्ध सगरमाथा र आरोहणका कीर्तिहरूलाई सकुशल राख्ने चुनौतीलाई राज्यले विनम्रतापूर्वक सम्बोधन गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाँचाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको हो। आयोगका अनुसार ऋण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा लगायतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस माग तथा मोलमोलाइ गरी रकम लिएको आरोप उनीमाथि ...
: नेकपा एमालेको सचिवालय बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई पार्टी सदस्य दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। यसअघि एमालेमा भण्डारीको पार्टी सदस्यताका कारण विवाद उत्पन्न भएको थियो। जेनजी आन्दोलन र आम निर्वाचनपछि बदलिएको राजनीतिक परिस्थितिले एमाले नेतृत्वले भण्डारीलाई ...
: जेनजी आन्दोलनको मौका छोपेर सुनसरीको झुम्का कारागारबाट भागेका एक जना कैदी मोरङबाट पक्राउ परेका छन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार मोरङको धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय सतन पासवानलाई पक्राउ गरिएको हो। उनका अनुसार पासवान जेनजी आन्दोलनको मौका छोपेर २०८२ साल भदौ २४ गते कारागारबाट फरार भएका थिए। अदालतले उनलाई ज्यान मार्ने ...
: प्रतिनिधि सभाका सांसद्‍हरुले मन्त्रीहरूका सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद गंगादेवी श्रेष्ठले मन्त्रीले सार्वजनिक गरेको सुनको बिल सार्वजनिक गर्नुपर्ने माग गरेकी हुन् । ‘भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारको मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो ?’ उनले प्रश्न गर्दै भनिन्,‘बिल पनि सार्वजनिक गरियोस्। बिलबिना ...
: काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोगविरुद्ध मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलनमा उत्रिएका छन्। विना वैकल्पिक व्यवस्था बस्ती हटाइएको भन्दै उनीहरूले सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाएका हुन्। संयुक्त संघर्ष समिति मोरङको आह्वानमा सोमबार विराटनगरमा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शनसमेत गरेका छन्। प्रदर्शनपछि समितिका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सुकुम्वासीमाथि भइरहेको व्यवहार ...