मुख्य समाचार
नेपालका लेग स्पिनर सन्दिप लामीछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बने
नेपालका लेग स्पिनर सन्दिप लामीछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बने

: नेपालका लेग स्पिनर सन्दिप लामीछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्। जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा उनले स्कटल्यान्डविरुद्ध खेल्दै आफ्नो नाममा रेकर्ड दर्ता गराएका हुन्।

उनले स्कटल्यान्डका वान डाउन ब्याटर ब्रान्डन म्याकमुलेनलाई ७३ रनमा इशान पाण्डेको हातमा क्याच गराउँदै आफ्नो एकदिवसीय १५० विकेट पूरा गरेका हुन्। उनले ७३ औं एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्यान्डविरुद्धको खेलमा आफ्नो १५० विकेट पूरा गरेका हुन्।

यस अघि, अष्ट्रेलियन खेलाडी मिचेल स्र्टाकले ७७ औं एकदिवसीय खेलमा आफ्नो १५० विकेट पूरा गरेका थिए।



सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्ने खेलाडी हुन्। उनले ४२ औं एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो एकदिवसीय १०० विकेट पूरा गरेका थिए। यसमा पनि उनले अष्ट्रेलियन खेलाडी स्र्टाककै रेकर्ड तोडेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस क्लब चेल्सीले जाबी अलोन्सोलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । स्पेनी प्रशिक्षक अलोन्सोले जुलाई १ देखि कार्यभार सम्हाल्ने क्लबले जनाएको छ । स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर लेभरकुसेनमा प्रशिक्षकको अनुभव बटुलेका अलोन्सोले लेभरकुसेनलाई इतिहासकै पहिलो जर्मन लिग उपाधि जिताएका थिए । नियुक्तिपछि अलोन्सोले चेल्सी विश्व फुटबलकै ठूलो क्लबमध्ये एक भएको भन्दै ...
। सन् २०२६ को विश्वकप तयारीबारे इरानका प्रतिनिधिसँग भएको छलफल ‘सकारात्मक’ भएको फिफाले जनाएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्ने विषयमा शनिबार इस्तानबुलमा इरानी फुटबल महासंघसँग छलफल भएको थियो । सो छलफललाई फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले ‘उत्कृष्ट’ र ‘रचनात्मक’ भएको बताएका छन् । मध्यपश्चिममा अहिले जारी युद्धका बीच ...
। राफिन्हाको दुई गोल मद्दतमा स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोनाले आइतबार राति रियल बेटिसलाई ३–१ ले पराजित गरेको छ । घरेलु मैदानमा प्राप्त यो जित बार्सिलोनाको लागि विशेष रह्यो । किनभने बार्सिलोना ला लिगाको ३८ खेलको सिजनमा घरेलु मैदानमा खेलिएका सबै १९ खेल जित्ने पहिलो टिम समेत बनेको छ । क्याम्प नोउमा भएको खेलमा ब्राजिलियन फरवार्ड ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्याण्डसँग टस हारेर पहिले बलिङ गर्ने भएको छ । स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले अमेरिकालाई हराएको टिमलाई न‌ै निरन्तरता दिंदै पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो खेफमा डेब्यु गरेका इशान पाण्डेले आज पनि पहिलो रोजाइमा खेल्दैछन् । स्कटल्याण्डबाट ओली ...
: चेल्सीलाई पराजित गर्दै इङ्ग्लिस एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। वेम्बेलीमा शनिबार राति भएको फाइनल खेलमा सिटीले चेल्सीलाई १-० ले पराजित गरेको खेलको ७२ औँ मिनेटमा एन्टोइन सेमेन्योले गरेको गोल नै सिटीको लागि उपाधिको लागि निर्णायक गोल बन्यो। पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफमा सिटीले गोल गरेको हो। सेमेन्योको गोलमा आर्लिङ हाल्यानले ...