मुख्य समाचार
अमेरिकाको सान डिएगोमा भएको गोलीबारीबाट ३ जनाको मृत्यु
अमेरिकाको सान डिएगोमा भएको गोलीबारीबाट ३ जनाको मृत्यु

: अमेरिकाको सान डिएगोमा भएको गोलीबारीबाट ३ जनाको मृत्यु भएको छ। क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चल्दा एक सुरक्षा गार्ड र दुई किशोरको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अधिकारीहरूले यो आक्रमण दुई किशोरद्वारा गरिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताएका छन्।

मस्जिदमा सञ्चालित एउटा विद्यालय सञ्चालन भइरहेको बेला गोलीबारी भएको थियो। सान डिएगो पुलिस प्रमुख स्कट वाहलले पत्रकार सम्मेलनमा घटनालाई घृणा अपराधको रूपमा अनुसन्धान गरिरहेको बताएका छन्। घटनास्थलमा नोट समेत भेटिएको छ। तर, सान डिएगोको इस्लामिक सेन्टरमा आक्रमण गर्ने एक संदिग्धको सुसाइट नोट र हतियारमा उल्लेख गरिएको कुनै पनि स्थानको लागि कुनै विशेष खतरा नभएको वाहलले बताए।



मस्जिदमा आक्रमण हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मीले प्रतिकार गरेका थिए । सुरक्षा गार्डले प्रतिकार गर्दा थप क्षति हुन नपाएको बताइएको छ।

'सान डिएगोको इस्लामिक सेन्टरमा भएको गोलीकाण्डमा मारिएका तीन जनामध्ये एक सुरक्षा गार्ड आठ सन्तानका बुबा थिए जसले आफ्नो समुदायको गहिरो ख्याल राख्थे र मस्जिद भित्रका मानिसहरूलाई जोगाउन आफ्नो ज्यान बलिदान दिएका थिए', उनका साथी साम हमिदेहले भने।

यता सान डिएगोको इस्लामिक सेन्टरमा आक्रमण गर्नुअघि एक किशोर संदिग्धले आफ्नी आमाको घरबाट तीनवटा हतियार लिएर गएको प्रहरी प्रमुखले बताए। आमाले प्रहरीलाई आफ्नो छोरा र कार हराएको बताएकी थिइन्।

मस्जिदमा गोली चलाएपछि फरार भएका ती दुई किशोर नजिकैको सडकमा कारभित्र मृत अवस्थामा फेला परेका थिए । आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम