। इंग्लिस क्लब चेल्सीले जाबी अलोन्सोलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । स्पेनी प्रशिक्षक अलोन्सोले जुलाई १ देखि कार्यभार सम्हाल्ने क्लबले जनाएको छ ।
स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर लेभरकुसेनमा प्रशिक्षकको अनुभव बटुलेका अलोन्सोले लेभरकुसेनलाई इतिहासकै पहिलो जर्मन लिग उपाधि जिताएका थिए ।
नियुक्तिपछि अलोन्सोले चेल्सी विश्व फुटबलकै ठूलो क्लबमध्ये एक भएको भन्दै टोलीलाई उच्च स्तरमा प्रतिस्पर्धी बनाउँदै उपाधिका लागि लड्ने लक्ष्य रहेको बताएका छन् ।