मुख्य समाचार
पार्टी मिलाउने प्रयास नभएको भन्ने कुरामा चित्त दुखाइ व्यक्त
पार्टी मिलाउने प्रयास नभएको भन्ने कुरामा चित्त दुखाइ व्यक्त

। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउने प्रयास नभएको भन्ने कुरामा चित्त दुखाइ व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिभन्दा बाहिर रहेका नेता मिलाउन निकै प्रयास गरेको दाबी गर्दै ‘प्रयासै नगरेको’ भन्ने कुरामा चित्त दुखाइ व्यक्त गरेका हुन् ।

‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ठूलो पङ्ति बाहिर छ । म के भनिरहेको छु– १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरू जो हुनुहुन्न मेरो समितिभित्र,’ सभापति थापाले भने, ‘त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु । मेरो प्रस्ताव हो यो ।’

अधिवेशनको तिथिमिति तय भएको बताउँदै उनले प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको र त्यसमा अरुलाई पनि समेट्न तयार रहेको बताए । ‘निर्वाचन समितिमा अन्य कोको भएपछि निर्वाचन फेयर भन्ने हुन्छ आउनुस् बसौं,’ उनले भने ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सदस्यता जाँचबुझ समिति रहेको स्मरण गराउँदै त्यसमा पनि थप सदस्य राख्न आफू तयार रहेको दाबी गरे ।

‘तारामान जीले अनुशासन समितिको नेतृत्व गर्नुहुन्छ, त्यहाँ अनफेयर भयो भन्ने लाग्छ भने ल्याउनुस् बसौं नाम राखौं,’ उनले भने ।

अवसरको विषयमा आफू प्रस्ट रहेको पनि उनले दाबी गरे । ‘को विशेष महाधिवेशनबाट आएको थियो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन, पार्टीको निर्णय पनि चाहे त्यो प्रादेशिक सरकार होस्, चाहे संसदीय दलका बारेमा होस्, चाहे त्यो स्थानीय सरकारका बारेमा होस्, चाहे त्यो भातृसंस्थाका बारेमा होस्,’ उनले भने, ‘एउटा निर्णय पनि त्यो आधारमा हुँदैन ।’

‘तपाईँहरूले अहिले आएर मिलाउने–मिलाउने भन्दैगर्दाखेरी म पार्टी सभापति यो मञ्चमा आएर भन्दैछु भने बन्द कोठमा पनि यही भने हुँला । अझ यो भन्दा बढी निहुरिएर भनेँ हुँला । हातै जोडेर भनेँ हुला नेताहरूलाई,’ उनले अगाडि भने, ‘प्रयासै भएन भन्नुहुन्छ । अब के गर्दा प्रयास हुने हो ? गर्नु चाहिँ के पर्ने हो ? दुइटा पार्टी त छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि जान आफू तयार रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिहरूमा समेट्ने प्रस्ताव राखेका हुन् । ‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ठूलो पङ्ति बाहिर छ,’ सभापति थापाले भने, ‘म के ...
। कुवेत एयरवेजले काठमाडौं उडान पुन: सुरु गर्ने भएको छ । कुवेत-काठमाडौं-कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुन: सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ । पश्चिम एसिया युद्धका कारण कुवेत-काठमाडौं उडान रोकिएको थियो । कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । कुवेतले आफ्नो वेबसाइटमा राखेको मूल्य अनुसार काठमाडौं-कुवेत ...
। प्रहरीले सिरहामा बेवारिसे अवस्थामा झन्डै तीन क्वीन्टल गाँजा फेला पारेको छ । सिरहा प्रहरीका अनुसार शनिबार राति सिरहाको कर्जन्हा नगरपालिका कार्यालयदेखि ३०० मिटर दूरीमा एक झाडीमा ११ वटा बोराभित्र गाँजा फेला परेको हो । उक्त गाँजा तौलेर हेर्दा २७६ किलोग्राम रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशबहादुर पालले जानकारी दिएका छन् । उक्त गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ...
। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन् । ३३ औं मदन-आश्रित दिवसका अवसरमा ‘मदन-आश्रित प्रतिष्ठान’द्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको बताए । उनले राज्यका तीन अङ्गबीच उचित समन्वय हुन ...
। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवाद तिर अगाडि बढ्न खोजेको टिप्पणी गरेका छन् । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको पनि बताए । उनले सरकार बनेको करिब ५० दिन नपुग्दै ...