। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धमाधम मर्मत भइरहेको छ ।
तोडफोड र आगजनीबाट क्षति भएका संरचना हटाएर निर्माणसँगै रंगरोगनको काम जारी छ ।
अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृहमन्त्रालयका लागि निर्माण गरिएको भवनमा सारिएको छ। जेनजी आन्दोलनको क्रममा सिंहदरबारका प्राय: सबैजसो मन्त्रालय ध्वस्त भएका थिए ।