मुख्य समाचार
कांग्रेसको संस्थापन इतर समूहले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको दुई प्रदेश स्तरीय भेला
कांग्रेसको संस्थापन इतर समूहले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको दुई प्रदेश स्तरीय भेला

। नेपाली कांग्रेसको संस्थापन इतर समूहले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको दुई प्रदेश स्तरीय भेला आइतबार सकिएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा ‘नेपाली कांग्रेसको वृहत्तर एकता र भावी कार्यदिशा’ शीर्षकमा गरिएको भेला १० बुँदे धारणा सार्वजनिक गर्दै सकिएको हो ।

सार्वजनिक गरिएको १० बुँदे धारणालाई ‘वृहत्तर एकता र भावी कार्यदिशाका लागि १० सूत्र’ भनेर नाम दिइएको छ ।

जसको पहिलो बुँदामा १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने, सभापति गगन थापाले तत्काल पार्टीका शीर्ष नेता, पूर्वपदाधिकारीसँग सघन संवाद गर्नुपर्ने, विगतमा नवीकरण भइसकेका क्रियाशील सदस्यलाई महाधिवेशनमा सहभागितामा सुनिश्चित गर्नुपर्ने लगायतका विषय उल्लेख छन् ।

दोस्रो बुँदामा केन्द्रीय अनुशासन समितिका नाममा गरिएका कारबाही र सोधिएका स्पष्टीकरण फिर्ता लिन भनिएको छ ।

तेस्रो बुँदामा ‘कदमजम’लाई पूर्ण कार्यान्वयन गर्दै पार्टीका सबै तहमा कम्तीमा २५ प्रतिशत युवाको उपस्थिति सुनिश्चित गर्नुपर्ने भनिएको छ ।

अन्य बुँदामा राष्ट्रिय राजनीतिका घटनाक्रम र जेनजी आन्दोलनका विषयसम्म जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउने प्रयास नभएको भन्ने कुरामा चित्त दुखाइ व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिभन्दा बाहिर रहेका नेता मिलाउन निकै प्रयास गरेको दाबी गर्दै ‘प्रयासै नगरेको’ भन्ने कुरामा चित्त दुखाइ व्यक्त गरेका हुन् । ‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि जान आफू तयार रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिहरूमा समेट्ने प्रस्ताव राखेका हुन् । ‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको नेताहरूको ठूलो पङ्ति बाहिर छ,’ सभापति थापाले भने, ‘म के ...
। कुवेत एयरवेजले काठमाडौं उडान पुन: सुरु गर्ने भएको छ । कुवेत-काठमाडौं-कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुन: सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ । पश्चिम एसिया युद्धका कारण कुवेत-काठमाडौं उडान रोकिएको थियो । कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । कुवेतले आफ्नो वेबसाइटमा राखेको मूल्य अनुसार काठमाडौं-कुवेत ...
। प्रहरीले सिरहामा बेवारिसे अवस्थामा झन्डै तीन क्वीन्टल गाँजा फेला पारेको छ । सिरहा प्रहरीका अनुसार शनिबार राति सिरहाको कर्जन्हा नगरपालिका कार्यालयदेखि ३०० मिटर दूरीमा एक झाडीमा ११ वटा बोराभित्र गाँजा फेला परेको हो । उक्त गाँजा तौलेर हेर्दा २७६ किलोग्राम रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशबहादुर पालले जानकारी दिएका छन् । उक्त गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ...
। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन् । ३३ औं मदन-आश्रित दिवसका अवसरमा ‘मदन-आश्रित प्रतिष्ठान’द्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको बताए । उनले राज्यका तीन अङ्गबीच उचित समन्वय हुन ...