मुख्य समाचार
काठमाडौं महानगरको शिक्षक दरबन्दी मिलानदेखि विद्यालय व्यवस्थापनसम्म नयाँ नीति
काठमाडौं महानगरको शिक्षक दरबन्दी मिलानदेखि विद्यालय व्यवस्थापनसम्म नयाँ नीति

। काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय शिक्षालाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षक दरबन्दी मिलान, छात्रवृत्ति वितरण र विद्यालय व्यवस्थापन समिति गठनमा नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले हालैका निर्णय र भावी योजनाबारे जानकारी दिँदै शिक्षा क्षेत्रमा सुधारका विभिन्न पहलहरू सुरु भएको बताए । महानगरले हालसम्म दुई चरणमा गरी करिव एक सय जना शिक्षकको दरबन्दी मिलान गरिसकेको छ ।

पहिलो र दोस्रो चरणमा शिक्षकहरूको चाहना र विद्यालयको आवश्यकतालाई प्राथमिकता दिइएकोमा अब तेस्रो चरणमा पूर्णतः आवश्यकताका आधारमा शिक्षक खटाउने तयारी गरिएको छ । यस्तै, निजी वा आन्तरिक स्रोतबाट नियुक्त शिक्षकहरूको व्यवस्थापन सम्बन्धित विद्यालयले नै गर्नुपर्ने र आन्तरिक स्रोत उपलब्ध भए कार्यविधि बनाएर उपदान वा क्षतिपूर्तिको व्यवस्था गर्न सकिने विभागले जनाएको छ । स्रोत नभएका विद्यालयको हकमा शिक्षा विभागमा सिफारिस गरेपछि आवश्यक निर्णय लिइने बताइएको छ ।

‘केही नेपाल ऐन संशोधन अध्यादेश २०८३’ मार्फत शिक्षा ऐनमा भएको परिवर्तनसँगै विद्यालय व्यवस्थापन समितिको संरचनामा पनि हेरफेर हुने भएको छ । यसअघि चन्दादाता वा बुद्धिजीवीमध्येबाट अध्यक्ष चयन हुने व्यवस्था संघीय कानुनसँग बाझिएर अदालतबाट खारेज भइसकेकाले अबदेखि उक्त प्रावधान हटाइएको छ ।

अब ४ जना अभिभावक, २ जना समाजसेवी/बुद्धिजीवी र १ जना वडा प्रतिनिधिको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल बहाल रहेका समितिहरूको हकमा कानुनी परामर्श गरी छिट्टै थप निर्णय लिइने प्रमुख ढकालले स्पष्ट पारे । कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्तिको छनोट प्रक्रियालाई थप पारदर्शी र उत्तरदायी बनाउन ‘छात्रवृत्ति छनोट समिति’ गठन गरिएको छ ।

वडाध्यक्ष वा उनले तोकेको सदस्य संयोजक रहने यस समितिमा विद्यालयका प्रधानाध्यापक, विद्यालय निरीक्षक र एक जना अभिभावक सदस्य रहनेछन् । महानगरले विद्यार्थी संख्याका आधारमा छात्रवृत्तिको प्रतिशत समेत निर्धारण गरेको छ । ५०० सम्म विद्यार्थी भएका विद्यालयमा १० प्रतिशत, ५०० देखि ८०० सम्म विद्यार्थी भएका विद्यालयमा १२ प्रतिशत र ८०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा १५ प्रतिशत रहेको छ । यसपटक छात्रवृत्ति व्यवस्थापनका लागि जेठ महिनाभरको समय सीमा दिइएको र यसको कडाइका साथ अनुगमन गरिने महानगरले जनाएको छ ।

परीक्षाको गोपनीयता र मर्यादित सञ्चालनका लागि महानगरले कर्मचारी तहबाटै परीक्षा समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रश्नपत्र निर्माण, छनोट र नतिजा प्रकाशन जस्ता प्राविधिक र संवेदनशील विषय भएकाले यसलाई विज्ञ र कर्मचारीहरूकै नेतृत्वमा राखिएको हो । यद्यपि, शिक्षा समितिले यसको अनुगमन र आवश्यक सुधारको अधिकार राख्ने बताइएको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको आईतवारको सार्वजनिक बिदाका सम्बन्धमा महानगरले हाललाई सरकारी निर्णयकै पालना गरिरहेको छ । उनका अनुसार आइतबार विद्यालय खोल्ने वा नखोल्ने विषयमा छिमेकी पालिकाहरू र सरोकारवालासँग छलफल भइरहेको छ । बिदाका कारण हुने शैक्षिक क्षतिलाई हिउँदे वा बर्खे बिदाबाट कटौती गर्ने तथा त्रैमासिक परीक्षाहरूलाई आन्तरिक मूल्याङ्कनमा सिमित गरी समय व्यवस्थापन गर्ने विषयमा बहस भइरहेको र छिट्टै निष्कर्षमा पुगिने ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनुपर्ने बताएका छन् । ३३ औं मदन-आश्रित दिवसका अवसरमा ‘मदन-आश्रित प्रतिष्ठान’द्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको बताए । उनले राज्यका तीन अङ्गबीच उचित समन्वय हुन ...
। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवाद तिर अगाडि बढ्न खोजेको टिप्पणी गरेका छन् । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको पनि बताए । उनले सरकार बनेको करिब ५० दिन नपुग्दै ...
। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धमाधम मर्मत भइरहेको छ । तोडफोड र आगजनीबाट क्षति भएका संरचना हटाएर निर्माणसँगै रंगरोगनको काम जारी छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृहमन्त्रालयका लागि निर्माण गरिएको भवनमा सारिएको छ। जेनजी आन्दोलनको क्रममा सिंहदरबारका प्राय: सबैजसो मन्त्रालय ध्वस्त भएका थिए ...
। चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा समग्रमा ५.७ प्रतिशत मात्रै बढेको छ । अर्थात् गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ मात्रै थप कर्जा प्रवाह हुन सक्यो । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल ...
। राप्रपाको मुख्य सचिव पदमा प्राडा जयन्तनाथ खनाल मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्दनले पार्टी विधान बमोजिम खनाललाई मुख्यसचिव मनोनित गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनी पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवम् पार्टीनिकट प्राज्ञिक परिषद्को अध्यक्ष थिए । खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए ।