। राजविराज नगर कार्यपालिका कार्यालयबाट ल्यापटप चोरेको आरोपमा एक युवक पक्राउ परेका छन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय आदित्य राउत पक्राउ परेका हुन् ।
राजविराज नगरपालिका वडा नम्बर ७ स्थित कार्यालयको योजना शाखाको कोठाको ताल्चा फुटाएर ल्याटप लगायतका समान चोरेको आरोप उनीमाथि लागेको छ ।
घटनापछि फरार रहेका राउतलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी डम्बरबहादुर पुरीले जानकारी दिए ।