मुख्य समाचार
बार्सिलोनाले रियल बेटिसलाई ३–१ ले पराजित
बार्सिलोनाले रियल बेटिसलाई ३–१ ले पराजित

। राफिन्हाको दुई गोल मद्दतमा स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोनाले आइतबार राति रियल बेटिसलाई ३–१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा प्राप्त यो जित बार्सिलोनाको लागि विशेष रह्यो । किनभने बार्सिलोना ला लिगाको ३८ खेलको सिजनमा घरेलु मैदानमा खेलिएका सबै १९ खेल जित्ने पहिलो टिम समेत बनेको छ ।

क्याम्प नोउमा भएको खेलमा ब्राजिलियन फरवार्ड राफिन्हाले २८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले ६२औं मिनेटमा अग्रता दोब्बर पारे । जाआओ कान्सेलोले ७४औं मिनेटमा गोल थपे । बेटिसका लागि इस्कोले ६९औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए ।

बार्सिलोनाले गत आइतबार नै एल क्लासिकोमा रियल मड्रिडलाई हराएर उपाधि जितिसकेको छ ।

यस नतिजापछि बार्सिलोना एकै सिजन घरेलु मैदानमा सबै खेल जित्ने ११औं क्लब बनेको छ । यस्तै सन् १९८५–८६ को सिजनपछि यो उपलब्धि हासिल गर्ने बार्सिलोना पहिलो टिम पनि बनेको छ ।

१९८५–८६ को सिजन ला लिगामा ३४ खेल हुँदा रियल मड्रिडले घरेलु मैदानमा सबै १७ खेल जितेको थियो । यस्तै बार्सिलोनाले सन् १९५९–६० मा ला लिगामा ३० खेल हुँदा बार्सिलोनाले घरेलु मैदानमा सबै १५ खेल जितेको थियो ।

यस सिजन बार्सिलोना च्याम्पियन्स लिगमा मात्र घरेलु मैदानमा दुई पटक पराजित भएको थियो । पेरिस सेन्ट जर्मेनसँग लिग चरणमा र क्वाटरफाइनलमा एट्लेटिको मड्रिडसँग बार्सिलोना घरेलु मैदानमा पराजित भएको थियो।

बार्सिलोनाले यस सिजनको अन्तिम लिग खेल आउने शनिबार भ्यालेन्सियाको मैदानमा खेल्नेछ ।

यस्तै यस सिजन अन्त्यपछि क्लब छाड्न लागेका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको लागि घरेलु मैदानमा अन्तिम खेल सुखद रह्यो । उनले घरेलु मैदानमा भएको अन्तिम खेलमा जितसहित शानदार विदाइ पाए । ३७ वर्षीय लेवान्डवस्कीले सन् २०२२ मा बार्सिलोना गएयता १९१ खेलमा ११९ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम