मुख्य समाचार
बार्सिलोनाले रियल बेटिसलाई ३–१ ले पराजित
बार्सिलोनाले रियल बेटिसलाई ३–१ ले पराजित

। राफिन्हाको दुई गोल मद्दतमा स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोनाले आइतबार राति रियल बेटिसलाई ३–१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा प्राप्त यो जित बार्सिलोनाको लागि विशेष रह्यो । किनभने बार्सिलोना ला लिगाको ३८ खेलको सिजनमा घरेलु मैदानमा खेलिएका सबै १९ खेल जित्ने पहिलो टिम समेत बनेको छ ।

क्याम्प नोउमा भएको खेलमा ब्राजिलियन फरवार्ड राफिन्हाले २८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले ६२औं मिनेटमा अग्रता दोब्बर पारे । जाआओ कान्सेलोले ७४औं मिनेटमा गोल थपे । बेटिसका लागि इस्कोले ६९औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए ।

बार्सिलोनाले गत आइतबार नै एल क्लासिकोमा रियल मड्रिडलाई हराएर उपाधि जितिसकेको छ ।

यस नतिजापछि बार्सिलोना एकै सिजन घरेलु मैदानमा सबै खेल जित्ने ११औं क्लब बनेको छ । यस्तै सन् १९८५–८६ को सिजनपछि यो उपलब्धि हासिल गर्ने बार्सिलोना पहिलो टिम पनि बनेको छ ।

१९८५–८६ को सिजन ला लिगामा ३४ खेल हुँदा रियल मड्रिडले घरेलु मैदानमा सबै १७ खेल जितेको थियो । यस्तै बार्सिलोनाले सन् १९५९–६० मा ला लिगामा ३० खेल हुँदा बार्सिलोनाले घरेलु मैदानमा सबै १५ खेल जितेको थियो ।

यस सिजन बार्सिलोना च्याम्पियन्स लिगमा मात्र घरेलु मैदानमा दुई पटक पराजित भएको थियो । पेरिस सेन्ट जर्मेनसँग लिग चरणमा र क्वाटरफाइनलमा एट्लेटिको मड्रिडसँग बार्सिलोना घरेलु मैदानमा पराजित भएको थियो।

बार्सिलोनाले यस सिजनको अन्तिम लिग खेल आउने शनिबार भ्यालेन्सियाको मैदानमा खेल्नेछ ।

यस्तै यस सिजन अन्त्यपछि क्लब छाड्न लागेका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको लागि घरेलु मैदानमा अन्तिम खेल सुखद रह्यो । उनले घरेलु मैदानमा भएको अन्तिम खेलमा जितसहित शानदार विदाइ पाए । ३७ वर्षीय लेवान्डवस्कीले सन् २०२२ मा बार्सिलोना गएयता १९१ खेलमा ११९ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सन् २०२६ को विश्वकप तयारीबारे इरानका प्रतिनिधिसँग भएको छलफल ‘सकारात्मक’ भएको फिफाले जनाएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्ने विषयमा शनिबार इस्तानबुलमा इरानी फुटबल महासंघसँग छलफल भएको थियो । सो छलफललाई फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले ‘उत्कृष्ट’ र ‘रचनात्मक’ भएको बताएका छन् । मध्यपश्चिममा अहिले जारी युद्धका बीच ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्याण्डसँग टस हारेर पहिले बलिङ गर्ने भएको छ । स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले अमेरिकालाई हराएको टिमलाई न‌ै निरन्तरता दिंदै पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो खेफमा डेब्यु गरेका इशान पाण्डेले आज पनि पहिलो रोजाइमा खेल्दैछन् । स्कटल्याण्डबाट ओली ...
: चेल्सीलाई पराजित गर्दै इङ्ग्लिस एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। वेम्बेलीमा शनिबार राति भएको फाइनल खेलमा सिटीले चेल्सीलाई १-० ले पराजित गरेको खेलको ७२ औँ मिनेटमा एन्टोइन सेमेन्योले गरेको गोल नै सिटीको लागि उपाधिको लागि निर्णायक गोल बन्यो। पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफमा सिटीले गोल गरेको हो। सेमेन्योको गोलमा आर्लिङ हाल्यानले ...
: नेपाल सुपर लिग (एनएसएल) को चौंथो संस्करण भदौ २० गतेबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एक पत्रकार सम्मेलन गर्दै आगामी संस्करणमा टिमको संख्या पनि थप हुने जानकारी दिएको हो । चौंथो संस्करणको एनएसएल ‘होम एण्ड अवे’ मा हुने समेत पत्रकार सम्मेलनमा बताइएको हो । चौंथो संस्करणको एनएसएलमा टिमको ...
। ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र ...