मुख्य समाचार
अमेरिकाले राखेका सर्तहरु पालना गर्न दबाब दिँदै ट्रम्पले अन्यथा इरानसँग ‘केही पनि बाँकी नरहने’ चेतावनी
अमेरिकाले राखेका सर्तहरु पालना गर्न दबाब दिँदै ट्रम्पले अन्यथा इरानसँग ‘केही पनि बाँकी नरहने’ चेतावनी

। इरानसँगको शान्ति वार्ता ठप्प भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘समय घर्किंदै गएको’ टिप्पणी गरेका छन् । शान्ति वार्तामा अमेरिकाले राखेका सर्तहरु पालना गर्न दबाब दिँदै ट्रम्पले अन्यथा इरानसँग ‘केही पनि बाँकी नरहने’ चेतावनी समेत दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानको समय सकिँदै छ । उनीहरूले तुरुन्त कदम चाल्नुपर्छ, नत्र उनीहरूसँग केही पनि बाँकी रहने छैन । समय अत्यन्त महत्वपूर्ण छ ।’

ट्रम्पको यो पछिल्लो सन्देशले यसअघिको चेतावनीलाई दोहोर्‍याएको छ, जसमा उनले युद्ध अन्त्य गर्न इरानले सहमति नगरे ‘पूरै सभ्यता समाप्त’ हुनसक्ने धम्की दिएका थिए ।

अमेरिकाले इरानलाई एउटामात्र आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न दबाब दिँदै आएको छ । इरानले भने अमेरिकाका सर्तहरु अस्वीकार गर्दै आएको छ । त्यसबेला पनि ट्रम्पले युद्धविराम ‘लाइफ सपोर्ट’ मा रहेको चेतावनी दिएका थिए ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले राखेका प्रस्तावहरुमा इरानले पनि नयाँ प्रस्ताव अघि सारेको छ । तर त्यसमा अमेरिकाले कुनै जवाफ दिएको छैन । इरानको समाचार संस्था मेहर न्युज एजेन्सीले अमेरिकाले सम्झौता नगर्नु वार्तालाई अवरोधतर्फ धकेल्नु सरह भएको जनाएको छ ।

इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरानको प्रस्तावहरूमा सबै मोर्चामा युद्ध तत्काल अन्त्य गर्ने कुरा समावेश थियो । लेबनानमा इरान समर्थित हिज्बुल्लाहमाथि इजरायलले जारी राखेको आक्रमण पनि रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र इरानमाथि थप आक्रमण नगर्ने ग्यारेन्टी हुनुपर्ने माग इरानको छ ।

त्यसैगरी, युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति दिने र होर्मुज जलमार्गमा इरानको सार्वभौमिकता स्वीकार गर्ने विषयमा पनि जोड दिइएको थियो ।

त्यसको जवाफमा अमेरिकाले इरानले एउटा मात्र आणविक केन्द्र सञ्चालनमा राख्ने र अत्यधिक समृद्ध युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्ने सर्त राखेको इरानको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले जनाएको छ ।

ट्रम्पले गत शुक्रबार इरानको आणविक कार्यक्रमलाई २० वर्षसम्म स्थगित गर्न स्वीकार गर्न सकिने बताएका थिए, जुन दुई देशबीचको प्रमुख विवादको विषय हो । यसले पूर्णरूपमा कार्यक्रम अन्त्य गर्नुपर्ने अमेरिकाको अघिल्लो अडानबाट केही लचक देखिएको संकेत गरेको छ ।

इजरायली र अमेरिकी सेनाले २८ फेब्रुअरीमा इरानमाथि ठूलो हवाई आक्रमण सुरु गरेका थिए । वार्ता सहज बनाउन गरिएको युद्धविराम धेरैजसो पालना भए पनि बीच–बीचमा झडपहरू जारी छन् ।

इरानले होर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ, जसले गर्दा विश्वको करिब २० प्रतिशत तेल र प्राकृतिक ग्यास ओसारपसार हुने यो महत्वपूर्ण समुद्री मार्ग आंशिक रूपमा अवरुद्ध भएको छ ।

इरानले यस कदमलाई अमेरिकी र इजरायली आक्रमणको प्रतिकारका रूपमा लिएको बताएको छ, जसका कारण विश्वव्यापी तेल मूल्यमा तीव्र वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम