मुख्य समाचार
कर्णालीको कृषि विकासमा इजरायलको चासो : रैथाने बाली र जडिबुटी प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता
कर्णालीको कृषि विकासमा इजरायलको चासो : रैथाने बाली र जडिबुटी प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता

: कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीहरूको अन्तर्राष्ट्रिय बजारीकरण तथा जडिबुटी संरक्षण र निर्यात प्रवर्द्धनका विषयमा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास मुगुका कृषिविज्ञ विद्यार्थी आशिष देवकोटाबीच काठमाडौंस्थित इजरायली दूतावासमा छलफल भएको छ।

मुगुको सोरु गाउँपालिका, घर भई हाल कृषिमा स्नातकोत्तर अध्ययनरत देवकोटाले कर्णालीमा उत्पादन हुने कागुनो, चिनो, मार्सी चामल, कोदो लगायत रैथाने बालीलाई अन्तर्राष्ट्रिय बजार, विशेष गरी इजरायलसम्म पुर्‍याउन पहल आवश्यक रहेको बताएका थिए । उनले यार्सागुम्बा, शिलाजित, पाँचऔँले, सतुवा र घुच्ची च्याउ जस्ता बहुमूल्य जडिबुटीहरू न्यून मूल्यमा भारत र चीनतर्फ कच्चा पदार्थका रूपमा निर्यात भइरहेको उल्लेख गर्दै यसको संरक्षण, प्रशोधन र मूल्य अभिवृद्धिका लागि इजरायल सरकारसँग प्रविधि, प्राविधिक सहयोग तथा लगानीको वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

देवकोटाले कर्णालीको परम्परागत कृषि प्रणालीलाई आधुनिक र यान्त्रिकृत बनाउनु आवश्यक रहेको उल्लेख गर्दै मुगुलगायत कर्णालीका कृषि विद्यार्थी तथा युवालाई इजरायलमा अध्ययन र रोजगारीको अवसर उपलब्ध गराउन सके त्यसबाट प्राप्त सीप र अनुभवले प्रदेशको कृषि विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।



जवाफमा इजरायली राजदूत श्मुलिक एरी बासले कर्णाली प्रदेशको कृषि आधुनिकीकरण र यान्त्रिकरणमा इजरायल सरकारले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, यस वर्ष नेपालबाट २ हजार ३ सय जना कामदार, किसान तथा महिलाहरूलाई इजरायल लैजाने निर्णय भएको जानकारी पनि दिएका छन् । उक्त भेटघाटमा राजदूत श्मुलिक एरी बासले सन् २०२६ भित्र रारा ताललगायत कर्णालीका विभिन्न क्षेत्रको भ्रमण गरी त्यहाँको सम्भावना र अवस्थाको अवलोकन गर्ने इच्छा व्यक्त गरेको देवकोटाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु प्रदेशमा सत्ता परिवर्तनको खेलमा नरहेको बताएका छन् । आइतबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस र एमालेबाट प्रदेश सरकारमा सहकार्यको प्रस्तावहरु आए पनि आफूले इन्कार गरेको बताए । उनले भने, ...
: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जबजको मूल मर्म भनेको जनताको मत, जनताको अधिकार र जनतामाथिको अटुट विश्वास भएको बताएकी छन्। ३३ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा जबजका प्रवर्तक जननेता मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले जनताको विश्वास नै राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति भएको बताइन्। ‘उहाँहरूको स्मृति नेपाली राजनीति, लोकतान्त्रिक आन्दोलन ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले घर झगडा नभई देशको मुद्दामा चिन्तित हुने बेला भएको बताएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले अहिले कांग्रेसभित्रको समस्या भन्दा देशको मुद्दा ठूलो भएको बताएका हुन् । ‘मैले आज बीपी कोइरालाले लगाउनु भएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो,’ ...
: घरायसी विवाद भएपछि चक्कु प्रहार गरी हत्या युवकको हत्या भएको छ। चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको हत्या भएको हो। हत्याको आरोपमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ। समिले घरायसी विवादका क्रममा धारिलो हतियार चक्कु ...
: विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरोमा आज अर्को एक नयाँ कीर्तिमान कायम भएको छ । ‘एभरेस्ट म्यान’ का रूपमा विश्वभर परिचित साहसी पर्वतारोही कामिरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्दै ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको चालु पर्वतारोहण सिजनमा अनुकूल मौसमको सदुपयोग गर्दै उनले आज नेपालको राष्ट्रिय ध्वजालाई ...