मुख्य समाचार
अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ
अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ

: अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका उनीहरूलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले सुनसरी जिल्ला अदालतको मुद्दा दर्ता नं. ०७५–ऋ १–०६०२ अन्तर्गत जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका धरान उपमहानगरपालिका–१७ निवासी ३७ वर्षीय प्रकाश दमाइलाई पक्राउ गरिएको बताए । अदालतको २०७९ पुस ५ गतेको फैसलाले उनलाई १० वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना, १ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति तथा १२ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनु पर्ने फैसला गरेको थियो ।

प्रकाश दमाइ गत भदौको जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय झुम्का सुनसरीबाट फरार भएका थिए । उनलाई धरान–१७ स्थित पटनाली क्षेत्रबाट पक्राउ गरिएको डीएसपी राईले बताए । ज्यान मार्ने मुद्दामा फरार रहेका धरान–१५ निवासी २९ वर्षीय दाँते भन्ने गणेश राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।



सुनसरी जिल्ला अदालतको २०७८ पुस २३ गतेको फैसलाले उनलाई ६ महिना कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले गणेश राईलाई उनकै घरबाट पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा बुझाइने डीएसपी राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: घरायसी विवाद भएपछि चक्कु प्रहार गरी हत्या युवकको हत्या भएको छ। चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको हत्या भएको हो। हत्याको आरोपमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ। समिले घरायसी विवादका क्रममा धारिलो हतियार चक्कु ...
: विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरोमा आज अर्को एक नयाँ कीर्तिमान कायम भएको छ । ‘एभरेस्ट म्यान’ का रूपमा विश्वभर परिचित साहसी पर्वतारोही कामिरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्दै ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको चालु पर्वतारोहण सिजनमा अनुकूल मौसमको सदुपयोग गर्दै उनले आज नेपालको राष्ट्रिय ध्वजालाई ...
: सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको कस्मेटिक सामान, मन्जन (टुथपेष्ट) र ओखरसहित ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित भारतीय सीमा क्षेत्रमा गोप्य सूचनाको आधामा नं. ७ गण हेड क्वार्टर सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ जनाको गस्ती टोलीले शनिबार राति करिब ८ः४५ बजे चेकजाँच गर्ने क्रममा उक्त ...
: विश्वकै चौथो सर्वोच्च शिखर लोहत्से हिमालको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य सकिएको छ। पाँच जना शेर्पा सहयोगी (क्लाइम्बिङ गाइड) ले आइतबार बिहान ८:१० बजे हिमालको शिखरसम्मै पुगेर पर्वतारोहणका लागि बाटो खोलेका हुन्। मार्ग खुलेसँगै यस वर्ष लोहत्से आरोहणको अनुमति लिएका सम्पूर्ण स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि हिमाल चढ्ने ढोका पूर्ण रूपमा खुला भएको छ। पर्वतारोहण ...
: विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरो टेक्दै ‘माउन्टेन क्विन’ उपनामले चिनिने लाक्पा शेर्पाले नयाँ कीर्तिमानी रचेकी छिन् । ‘माउन्टेन क्विन’ उपनामले चिनिने शेर्पाले आज बिहान सगरमाथाको सफल आरोहण गरी महिलातर्फ विश्वमै सर्वाधिक आरोहण गर्ने आफ्नो ऐतिहासिक कीर्तिमानलाई थप उचाइमा पुर्‍​​​याएकी हुन् । वसन्त ऋतुको चालु पर्वतारोहण सिजनमा अनुकूल मौसमको सदुपयोग गर्दै दुवै आरोहीहरूले ...