मुख्य समाचार
लाक्पाको ११ औं ऐतिहासिक सगरमाथा आरोहण
लाक्पाको ११ औं ऐतिहासिक सगरमाथा आरोहण

: विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरो टेक्दै ‘माउन्टेन क्विन’ उपनामले चिनिने लाक्पा शेर्पाले नयाँ कीर्तिमानी रचेकी छिन् ।

‘माउन्टेन क्विन’ उपनामले चिनिने शेर्पाले आज बिहान सगरमाथाको सफल आरोहण गरी महिलातर्फ विश्वमै सर्वाधिक आरोहण गर्ने आफ्नो ऐतिहासिक कीर्तिमानलाई थप उचाइमा पुर्‍​​​याएकी हुन् । वसन्त ऋतुको चालु पर्वतारोहण सिजनमा अनुकूल मौसमको सदुपयोग गर्दै दुवै आरोहीहरूले आजैका दिन नेपालको राष्ट्रिय ध्वजालाई सगरमाथाको शिखामा फहराउन सफल भएकी हुन् ।

आज बिहान ९ः३० बजे ‘माउन्टेन क्विन’ लाक्पा शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् । सगरमाथा आधार शिविर (बेसक्याम्प) मा तैनाथ पर्यटन विभागको फिल्ड कार्यालयले आरोही शेर्पाको यो अभूतपूर्व र सफल आरोहणको आधिकारिक पुष्टि गरिसकेको छ ।




संखुवासभाको मकालु क्षेत्रमा जन्मिएकी लाक्पा शेर्पाको पर्वतारोहण इतिहास संसारकै महिलाहरूका लागि ठूलो प्रेरणाको स्रोत हो । सन् २००० मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी लाक्पाले पुरुषप्रधान मानिने पर्वतारोहण क्षेत्रमा महिलाहरू पनि अद्वितीय र साहसी हुन सक्छन् भन्ने प्रमाणित गरेकी छिन् ।

हिमालप्रतिको आफ्नो अगाध लगावका कारण उनले हरेक आरोहणमा नयाँ रेकर्ड कायम गर्दै आएकी छिन् । आजको सफलताले उनको त्यो रेकर्डलाई अरु मजबुत बनाएको छ । पर्यटन विभागले आरोही शेर्पालाई बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्वतारोहण क्षेत्रलाई प्रवद्र्धन गरेकोमा आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: घरायसी विवाद भएपछि चक्कु प्रहार गरी हत्या युवकको हत्या भएको छ। चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको हत्या भएको हो। हत्याको आरोपमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ। समिले घरायसी विवादका क्रममा धारिलो हतियार चक्कु ...
: विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरोमा आज अर्को एक नयाँ कीर्तिमान कायम भएको छ । ‘एभरेस्ट म्यान’ का रूपमा विश्वभर परिचित साहसी पर्वतारोही कामिरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्दै ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको चालु पर्वतारोहण सिजनमा अनुकूल मौसमको सदुपयोग गर्दै उनले आज नेपालको राष्ट्रिय ध्वजालाई ...
: अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका उनीहरूलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले सुनसरी जिल्ला अदालतको मुद्दा दर्ता नं. ०७५–ऋ ...
: सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको कस्मेटिक सामान, मन्जन (टुथपेष्ट) र ओखरसहित ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित भारतीय सीमा क्षेत्रमा गोप्य सूचनाको आधामा नं. ७ गण हेड क्वार्टर सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ जनाको गस्ती टोलीले शनिबार राति करिब ८ः४५ बजे चेकजाँच गर्ने क्रममा उक्त ...
: विश्वकै चौथो सर्वोच्च शिखर लोहत्से हिमालको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य सकिएको छ। पाँच जना शेर्पा सहयोगी (क्लाइम्बिङ गाइड) ले आइतबार बिहान ८:१० बजे हिमालको शिखरसम्मै पुगेर पर्वतारोहणका लागि बाटो खोलेका हुन्। मार्ग खुलेसँगै यस वर्ष लोहत्से आरोहणको अनुमति लिएका सम्पूर्ण स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि हिमाल चढ्ने ढोका पूर्ण रूपमा खुला भएको छ। पर्वतारोहण ...