मुख्य समाचार
जंगली च्याउ खाएपछि दुई जनाको मृत्यु
जंगली च्याउ खाएपछि दुई जनाको मृत्यु

: चितवनमा जंगली च्याउ खाएपछि दुई जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–१ कुलबाङगका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

उनका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो । वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जना परिवारले जङ्गली च्याउ खाएका थिए । जसमध्ये तीन जना जेठ १ गते बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो ।

१३ वर्षीया मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: घरायसी विवाद भएपछि चक्कु प्रहार गरी हत्या युवकको हत्या भएको छ। चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको हत्या भएको हो। हत्याको आरोपमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ। समिले घरायसी विवादका क्रममा धारिलो हतियार चक्कु ...
: विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरोमा आज अर्को एक नयाँ कीर्तिमान कायम भएको छ । ‘एभरेस्ट म्यान’ का रूपमा विश्वभर परिचित साहसी पर्वतारोही कामिरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्दै ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको चालु पर्वतारोहण सिजनमा अनुकूल मौसमको सदुपयोग गर्दै उनले आज नेपालको राष्ट्रिय ध्वजालाई ...
: अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका उनीहरूलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले सुनसरी जिल्ला अदालतको मुद्दा दर्ता नं. ०७५–ऋ ...
: सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको कस्मेटिक सामान, मन्जन (टुथपेष्ट) र ओखरसहित ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित भारतीय सीमा क्षेत्रमा गोप्य सूचनाको आधामा नं. ७ गण हेड क्वार्टर सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ जनाको गस्ती टोलीले शनिबार राति करिब ८ः४५ बजे चेकजाँच गर्ने क्रममा उक्त ...
: विश्वकै चौथो सर्वोच्च शिखर लोहत्से हिमालको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य सकिएको छ। पाँच जना शेर्पा सहयोगी (क्लाइम्बिङ गाइड) ले आइतबार बिहान ८:१० बजे हिमालको शिखरसम्मै पुगेर पर्वतारोहणका लागि बाटो खोलेका हुन्। मार्ग खुलेसँगै यस वर्ष लोहत्से आरोहणको अनुमति लिएका सम्पूर्ण स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि हिमाल चढ्ने ढोका पूर्ण रूपमा खुला भएको छ। पर्वतारोहण ...