मुख्य समाचार
ट्रम्पले अमेरिकी र नाइजेरियाली सेनाले अफ्रिकामा सञ्चालन गरेको सैन्य अभियानमा विश्वव्यापी रूपमा आईएसआईएस का ‘दोस्रो कमाण्डर’ मारिएको बताए
ट्रम्पले अमेरिकी र नाइजेरियाली सेनाले अफ्रिकामा सञ्चालन गरेको सैन्य अभियानमा विश्वव्यापी रूपमा आईएसआईएस का ‘दोस्रो कमाण्डर’ मारिएको बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी र नाइजेरियाली सेनाले अफ्रिकामा सञ्चालन गरेको सैन्य अभियानमा विश्वव्यापी रूपमा आईएसआईएस का ‘दोस्रो कमाण्डर’ मारिएको बताएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी र नाइजेरियाली संयुक्त अभियान ‘पूर्ण रूपमा सफल’ भएको र विश्वकै सबैभन्दा सक्रिय आतंकवादीमध्ये एक अबु–बिलाल अल–मिनुकीलाई मारिएको बताएका हुन् । अल–मिनुकीलाई सन् २०२३ मा अमेरिकाले ‘विशेष रूपमा चिन्हित विश्व आतंकवादी’ घोषणा गरेको थियो ।

नाइजेरियाली सेनाले भने हालसम्म उक्त कारबाहीबारे कुनै प्रतिक्रिया दिएको छैन । यदि यो पुष्टि भयो भने, सन् २०१९ मा आईएसका नेता अबु बकर अल–बग्दादी मारिएपछि यो आईएसका लागि अर्को ठूलो धक्का हुन सक्छ । बीबीसीले यसबारे प्रतिक्रिया लिन अमेरिकी सरकार र नाइजेरियाली अधिकारीहरूसँग सम्पर्क गरेको जनाएको छ ।



अबु बकर इब्न मुहम्मद इब्न अली अल–माइनुकीका नामले पनि चिनिने अल–मिनुकीले अफ्रिकाभर आईएससँग सम्बन्धित समूहहरू सञ्चालन गर्दै आएका थिए । विशेष गरी लेक चाड क्षेत्र र साहेल क्षेत्रमा सक्रिय ‘इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स’) सँग उनको निकट सम्बन्ध रहेको बताइएको छ । यस समूहको प्रभाव नाइजर, चाड र मालीसम्म फैलिएको छ । ट्रम्पको पोस्टमा अभियान कहिले र कसरी सञ्चालन गरियो भन्ने विस्तृत विवरण भने दिइएको छैन ।

ट्रम्पले अल–मिनुकीको मृत्यु आईएसको अफ्रिकी र विश्वव्यापी सञ्जालका लागि ठूलो धक्का भएको बताएका छन् । यसले आईएसको आर्थिक स्रोत र कमाण्ड संरचनामा असर पर्ने उनको भनाइ छ । अमेरिकी राष्ट्रपति ट्रम्पले नाइजेरिया सरकारलाई ‘सहकार्य’ का लागि धन्यवाद दिँदै अब मिनुकीले अफ्रिकाका मानिसहरूलाई आतंकित पार्न वा अमेरिकीहरूलाई लक्षित गर्ने योजना बनाउन नसक्ने बताएका छन् ।

नाइजेरिया र अमेरिकाबीच चरमपन्थी हिंसाविरुद्ध लड्न पछिल्लो समय सैन्य सहकार्य बढिरहेको छ । गत अप्रिलमा नाइजेरियाको उत्तरपूर्वी आदामावा राज्यमा फुटबल मैदानमा भएको आक्रमणमा कम्तीमा २९ जनाको मृत्यु भएपछि आईएसले त्यसको जिम्मेवारी लिएको थियो । त्यसैगरी, गएको क्रिसमसमा अमेरिका र नाइजेरियाले संयुक्त रूपमा नाइजेरियाको सोकोटो राज्यमा आईएससँग सम्बन्धित समूहलाई लक्षित गर्दै हवाई आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम