मुख्य समाचार
ह्याकरहरूले अमेरिकाका ग्यास स्टेशनहरूमा प्रयोग हुने ट्याङ्क रिडर प्रणालीमा अनधिकृत पहुँच
ह्याकरहरूले अमेरिकाका ग्यास स्टेशनहरूमा प्रयोग हुने ट्याङ्क रिडर प्रणालीमा अनधिकृत पहुँच

: ह्याकरहरूले अमेरिकाका ग्यास स्टेशनहरूमा प्रयोग हुने ट्याङ्क रिडर प्रणालीमा अनधिकृत पहुँच बनाएका छन् । अमेकिी अधिकारीहरूले यसमा इरान संलग्न भएको शंका गरेका छन् । अमेरिकी अधिकारीहरूले धेरै राज्यहरूमा रहेका ग्यास स्टेशनहरूलाई इन्धन आपूर्ति गर्ने भण्डारण ट्याङ्कहरूको स्तर निगरानी गर्ने प्रणालीहरूमा भएको साइबर आक्रमण पछाडि इरानी ह्याकरहरू हुन सक्ने शंका गरेका छन् । यसबारे जानकारी पाएका धेरै स्रोतहरूका अनुसार यस्तो संकेत देखिएको हो ।

ह्याकरहरूले ‘अटोमेटिक ट्याङ्क गेज’ प्रणालीलाई लक्षित गरेका थिए, जुन इन्टरनेटमा जडान गरिएको र पासवर्ड बिना नै सुरक्षित नभएको अवस्थामा थियो । यसले ह्याकरहरूलाई कतिपय अवस्थामा ट्याङ्कको वास्तविक इन्धनस्तर परिवर्तन नगरी केवल डिस्प्ले (देखिने) तथ्याङ्कसँग छेडछाड गर्न अनुमति दिएको स्रोतहरूले बताएका छन् ।

यी साइबर घुसपैठहरूले अहिलेसम्म कुनै भौतिक क्षति वा मानवीय हानी गरेको प्रमाण छैन । तर, विशेषज्ञहरू र अमेरिकी अधिकारीहरूका अनुसार यस्तो प्रणालीमा पहुँच पाएमा भविष्यमा इन्धन चुहावट जस्ता खतराहरू नदेखिने अवस्था बन्न सक्ने भएकाले सुरक्षा चिन्ता बढेको छ । अनुसन्धानसँग परिचित स्रोतहरूका अनुसार इरानले पहिले पनि यस्ता ग्यास ट्याङ्क प्रणालीहरूलाई लक्ष्य बनाएको इतिहास भएकाले पनि यो देश मुख्य शंकास्पद मानिएको हो । तर, स्रोतहरूले चेतावनी दिएका छन् कि स्पष्ट फरेन्सिक प्रमाणको अभावका कारण अमेरिकी सरकारलाई जिम्मेवार पक्षलाई निश्चित रूपमा पहिचान गर्न गाह्रो हुन सक्छ ।



यदि इरानको संलग्नता पुष्टि भयो भने, यो अमेरिकाको गृहभूमिमा रहेका महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्ने तेहरानको अर्को कदम हुनेछ । अमेरिका र इजरायलबीचको युद्धका बीच इरान अझै ड्रोन वा क्षेप्यास्त्रले नपुग्ने तर साइबर माध्यमबाट आक्रमण गर्ने प्रयासमा रहेको देखिन्छ ।
यसले ट्रम्प प्रशासनका लागि राजनीतिक रूपमा संवेदनशील विषय पनि बन्न सक्छ, किनकि युद्धका कारण बढेको पेट्रोलियम मूल्यबारे थप ध्यान जान सक्छ ।

हालैको सीएनएनको सर्वेक्षण अनुसार ७५ प्रतिशत अमेरिकी वयस्कहरूले इरान युद्धले उनीहरूको आर्थिक अवस्थालाई नकारात्मक असर पारेको बताएका छन् । यो ह्याकिङ अभियानले धेरै अमेरिकी महत्वपूर्ण पूर्वाधार सञ्चालकहरूका लागि चेतावनी पनि हो, जसले वर्षौँदेखि संघीय सरकारको आग्रहका बाबजुद आफ्नो प्रणाली सुरक्षित गर्न संघर्ष गर्दै आएका छन् ।

इरानका ह्याकर समूहहरूले लामो समयदेखि कमजोर सुरक्षा भएका, इन्टरनेटमा जोडिएका अमेरिकी प्रणालीहरू खोज्दै आएका छन्, जसमा तेल, ग्यास र पानीसम्बन्धी पूर्वाधार पनि पर्छन् । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि अमेरिकी अधिकारीहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्ससँग सम्बन्धित ह्याकरहरूलाई पानी आपूर्ति प्रणालीमा गरिएको आक्रमणसँग जोडेर आरोप लगाएका थिए, जसमा उपकरणहरूमा इजरायलविरोधी सन्देश देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम