मुख्य समाचार
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा झन्डै दुई खर्ब राजस्व संकलन
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा झन्डै दुई खर्ब राजस्व संकलन

। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा झन्डै दुई खर्ब राजस्व संकलन गरेको छ । चालु आवका साउन महिनादेखि वैशाख मसान्तसम्म एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको हो ।

भन्सार विभागले यस अवधिमा वीरगञ्ज भन्सार कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताए । उनका अनुसार वीरगञ्ज भन्सार कार्यालयको राजस्वको मुख्य स्रोतका रूपमा पेट्रोलियम पदार्थको आयात, सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात रहेका छन् ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । चालु आवको दुई महिना अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने कार्यालयको अपेक्षा छ ।

कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यसैगरी, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड र वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी विष्टले बताए । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्यटन विभागले सन् २०२६ को वसन्त ऋतुका लागि हिमाल आरोहणको अद्यावधिक तथ्याङ्क सार्वजनिक गरेको छ । विभागको प्रतिवेदन अनुसार १ मार्च २०२६ देखि १५ मे २०२६ सम्मको अवधिमा विभिन्न ३० वटा हिमाल आरोहणका लागि अनुमति जारी गरेबापत कुल १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५ सय ५४ रुपैयाँ (८४ लाख २९ हजार ...
: नेपाल–चीनबीचको उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट प्रहरीले ५६ लाख ७० हजार रुपैयाँ बराबरको १,६२० थान विद्युतीय चुरोट (भेप) सहित सात जनालाई नियन्त्रणमा लिएको छ । नाकाको सीमावर्ती क्षेत्रस्थित भोटेकोशी गाउँपालिका– ३ गंजेखोलाबाट प्रहरीले सो परिमाणमा भेपसहित सात जनालाई नियन्त्रणमा लिएको हो । ९ वटा बोराले छोपेर काटुनभित्र लुकाईछिपाई ल्याइएको अवस्थामा भेप बरामद गरेको प्रहरीले जनाएको छ ...
: देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौं लगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो। त्यस क्रममा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम छ सय ४० मिलिग्रामसहित सात जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ...
: नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमले समेट्न नसकेका बिषय बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल मोवाईल व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै आङदेम्बेले नीति तथा कार्यक्रममा प्रविधिसम्बन्धी धेरै बिषय छुटेको भन्दै त्यस्ता बिषयमा बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका हुन् । उनले नीति तथा कार्यक्रमको छलफललाई केहि घण्टामा खुम्चाइएकोप्रति असन्तुष्टि ...
। बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही गरिएको हो ...