मुख्य समाचार
५१ किलो अफिम र भरुवा बन्दुकसहित ३ जना पक्राउ
५१ किलो अफिम र भरुवा बन्दुकसहित ३ जना पक्राउ

: धादिङ प्रहरीले फरार प्रतिवादीको खोजी अभियान चलाइरहेका बेला ठूलो परिमाणमा अवैध लागुऔषध अफिम र घरेलु हतियार बरामद गरेको छ। धादिङको दक्षिणी क्षेत्र बेनीघाट रोराङ गाउँपालिका–२, होवाङमा सञ्चालन गरिएको विशेष प्रहरी अपरेशनका क्रममा ५१ किलो ९ सय ८० ग्राम अफिमसहित तीनजना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार फरार प्रतिवादीको खोजीका क्रममा उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले स्थानीय ३५ वर्षीय वीरबहादुर तामाङको घर तथा गोठमा खानतलासी गर्दा ठूलो परिमाणमा अफिम फेला परेको हो।

प्रहरीले तामाङको सुत्ने कोठा नजिक पाँचवटा प्लास्टिकका बाल्टीमा लुकाइ राखिएको अवस्थामा कालो लेदो पदार्थ बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालका अनुसार पक्राउ परेका वीरबहादुर तामाङ यसअघि पनि लागूऔषध गाँजा मुद्दामा संलग्न थिए। २०७५ मंसिर २८ गते उनको घरबाट ३०० किलो गाँजा र एक थान भरुवा बन्दुक बरामद भएको थियो। त्यसयता फरार रहेका उनलाई प्रहरीले पुनः पक्राउ गर्न सफल भएको हो।



खानतलासीकै क्रममा बाख्रा बाँध्ने गोठभित्र लुकाइएको ४ फिट ६ इन्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजु समेत फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका वीरबहादुर तामाङ यसअघि पनि लागूऔषध मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी भएको प्रहरीको भनाइ छ। उनलाई बरामद अफिम र हतियारसहित इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागूऔषध तथा अवैध हातहतियार खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत धादिङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, सोही क्षेत्रबाट थप दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई पनि पक्राउ गरिएको छ। दुबै जनालाई आ–आफ्नै घरबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। धादिङको ग्रामीण क्षेत्रमा लागूऔषध र अवैध हतियारको सञ्जाल सक्रिय रहेको आशंकाबीच प्रहरीले निगरानी र खोजी अभियानलाई थप तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही गरिएको हो ...
: मानेभञ्ज्याङ गाउँपालिका–१ स्थित मोलीमा बाँदर रुग्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मानेभञ्ज्याङ गाउँपालिका–१ गहते बस्ने ४४ वर्षीया चेतकुमारी थापा मगर बिहीबार मकै बारीमा मृत फेला परेकी हुन् । स्थानीय ओम थापा मगरकी छोरी चेतकुमारी बिहीबार मध्यान्ह १२ः०० बजेतिर आफ्नो बारीमा बाँदर धपाउन (रुग्न) गएकी थिइन् । घर नफर्किएपछि खोजी गर्दा ...
। प्रधानमन्त्री बालेन्द्र शाह तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिएर दैलेखका एक वडा सचिवलाई धम्क्याउने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिइएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडासचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले ‘प्रधानमन्त्री कार्यालयबाट हुँ’ भन्दै फोनमार्फत अत्यन्त असभ्य भाषामा धाकधम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोही घटनाबारे ...
। प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् । खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुँ ...
: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा ठगी गर्ने ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि एकैसाथ छापा मारेकाे छ । साेही क्रममा ६९ जना सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विदेश पढ्न पठाइदिन्छु भन्दै नेपाली नागरिकहरूलाई ठगी गरेको भन्ने उजुरी परेपछि प्रहरीले शुक्रबार उपत्यकाका विभिन्न स्थानमा रहेका कन्सल्टेन्सीहरूमा एकैसाथ छापा मारेको ...