। चितवनमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–३ लायन्सचोक आलुमण्डीस्थित सडकमा आनन्दमार्गबाट लाचोकतर्फ आउँदै गरेको बा.९२ प ३१३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परेर सोही महानगरपालिका–४ बस्ने २१ वर्षीय अनिष कुमालको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।