मुख्य समाचार
लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ
लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ

। लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । अमेरकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।

आजको खेलमा नेपालका डा. इशान पाण्डेले ओडीआई डेब्यु गर्दै छन् । उनलाई करण केसीले डेब्यू क्याप दिएका थिए ।

यसअघि २०१९ मा टी-२०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी-२०आई खेलेका छन् । घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।

खेल टियू क्रिकेट मैदानमा जारी छ । आजको खेलमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी बेन्चमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। डा. इशान पाण्डेले लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा आज डेब्यु गर्दै छन् । केही बेरमा सुरु हुने खेलका लागि उनलाई करण केसीले डेब्यू क्याप दिएका छन् । यसअघि २०१९ मा टी-२०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी-२०आई खेलेका छन् । घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।
: आगामी जुन ११ बाट सुरु हुन लागेको फिफा विश्वकप फुटबल हेर्न अमेरिका आउने समर्थकले भिसा वापतको धरौटी रकम राख्न नपर्ने भएको छ। यसअघि अमेरिका भ्रमणमा आउँदा १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने प्रावधान फिफा विश्वकप हेर्न आउने विभिन्न देशका समर्थकका लागि हटाइएको अमेरिकी विदेश विभागले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही समयअघि कडाइका ...
: राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । एन्फाका महासचिव किरण राईले राखेपले आफूमाथि लगाएको निलम्बन शुक्रबार फुकुवा गरेको अन्नपूर्ण पोष्टसँगको कुराकानीमा खुलाए । ‘आज नै हामीलाई राखेपले निलम्बन फुकुवा गरेको हो ।’ राखेपले संघको चुनावको विषयलाई लिएर एन्फामाथि चैत ११ मा ३ महिनाको लागि निलम्बन गरेको थियो ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन भएको भन्दै राखेपले असार १५ गतेसम्मको समय दिएर सूचना जारी गरेको हो । तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०औं एसियन गेम्सका लागि खेलाडी छनोटसम्बन्धी सूचना जारी गरेको छ । राखेपले असोज ३ गतेदेखि जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपालबाट कति खेलमा सहभागिता रहने भन्ने निर्णय अझै नभएको जनाएको छ । सूचनाअनुसार हालसम्म सम्बन्धित खेल संघहरूलाई खेलाडी छनोट गर्न कुनै निर्देशन नदिइएको र अन्तिम छनोटबारे परिषद्ले छिट्टै जानकारी गराउने ...